दमकमा एक कोरोना संक्रमितको निधन

 लिम्बुवान न्युज
                       

दमक/ दमक ५ मा आज मंगलबार बिहान एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । दमक ५ स्थित हरिओमँ कोलनीमा बस्ने अन्दाजी ३५ बर्षिया महिलाको लाइफलाइन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

दमक ५ का वडाध्यक्ष इन्द्र गुरुङका अनुसार ति महिलामा करिब ५ दिन अघि कोरोना संक्रमण पुष्टि भएको थियो । उनको शव व्यवस्थापनका लागि नेपाली सेनाको टोलीलाई खबर गरिसकिएको गुरुङले बताए ।

कन्काई नदीमा उनको आजै दाहसंस्कार गरिएको छ । यस अघि दमकमा दोश्रो चरणको नयाँ भेरियन्टसहितको कोराना संक्रमणका कारण ८ जनाको ज्यान गइसकेको छ । दमकमा ५ सय भन्दा बढी सक्रिय संक्रमित रहेको दमक नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

सम्बन्धित समाचार

दमकको मदनडाँगी–ताराबारी–डिपु सडकको उद्घाटन

दमक, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन् । आइतबार (आज) एक कार्यक्रमका बीच प्रम ओलीले विश्व बैंकको सहयोग एंव नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको...

हस्ताक्षर संकलनमा प्रहरीकाे हस्तक्षेप

दमक, २९ असार । झापाकोे दमकमा प्रधानमन्त्री केपी ओली आएको वेलामा राष्ट्रिय स्वतन्त्र पार्टीले हस्ताक्षर संकलन गरेको भन्दै प्रहरीले हस्तक्षेप गरेको छ । दमकस्थित क्याम्पस माेडमा हस्ताक्षर संकलन गरिरहेका रास्वपाका कार्यकर्तालाई प्रहरीले हस्तक्षेप गरेको हो...

ज्ञानेन्द्र कुरुम्बाङ किरात माङ्सेसे हाङ्साम माङहिमकाे अध्यक्षमा निर्वाचित

ललितपुर, उपत्यका ब्यूराे ।  ललितपुरकाे महालक्ष्मी नगरपालिकास्थित किरात माङ्सेसे हाङ्साम माङहिम सञ्चालक समितिको चौथो अधिवेशन  सम्पन्न भएकाे छ । शंखदेवी लुभुमा अवस्थित माङहिमकाे अध्यक्षमा ज्ञानेन्द्र कुरुम्बाङ निर्वाचित भएका छन् भने  १३ सदस्यीय समिति निर्वाचित  भएका...

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...