चर्चित गायिका तथा ड्रीमगर्ल मेलिना राई, दर्शकले अत्यधिक रुचाएका तस्वीरहरु

 लिम्बुवान न्युज
                       

  • लिम्बुवानखबर

अहिलेकी नेपाली गीतसंगीतकी चर्चित र निकै ब्यस्त गायिका हुन् मेलिना राई । नेपाली पप तथा आधुनिक गायिका मेलिनाको स्वर निक मिठासमय छ, उस्तै राम्री पनि छिन् । उनीद्वारा गाइएका ‘पिरेम नलाउनी‘’, ‘बैंसै बेइमानी’, ‘नाच फिरिरि‘’ लगायत थुप्रै नेपाली गीतहरू लोकप्रिय रहेका छन्।

यस्तै उनले गाएका तिमीले बाटो फे¥यौ रे , अर्कैलाई हे¥यौ रे‘., आसुँ पुछ्ने रुमाल‘, तिमी संगै अमर नाता जोडूँ जोडूँ लाग्छ‘, पिरतीको डोरी‘, तिमी संगै अमर नाता जोडूँ जोडूँ लाग्छ‘, पत्थर झैँ रैछ तिम्रो मुट‘, सोह्र पुगी सत्रमा, कुटु मा कुटु, पिरिम नलाउनी, ए है माया लगायत धेरै गीतहरु चर्चित छन् ।

आफूले स्वर दिएका गीतहरुमा ‘लिप्सिङ’पनि दिन छायांकनस्थलमा पनि भ्याएसम्म पुग्ने गरेकी मेलिना निकै ब्यस्त हुने गर्छिन् । मेलिना राई पछिल्लो समयमा नेपाली गीत सङ्गीत क्षेत्रमा एकदमै लोकप्रिय अनि चर्चित नाम हो।

पहिले सिनेमाको पाश्र्व ध्वनी, टेलिभिजन, एमफएममा मात्र भेटिने मेलिनालाई न कसैले चिन्थे, न कसैले बोलाउँथे । तर, ‘कम्मरमाथि पटुकी’ को लोकप्रियताले उनी सार्वजनिक भीडबाट अलप भए पनि एकाएक सेलिब्रेटी पो भइन् ।

‘शीरैमा शीरबन्दी’, ‘तिमीले बाटो फे¥यौ अरे’, ‘कुटुमा कुटु सुपारी दाना’ जस्ता दर्जनौं गीतले मेलिनालाई झनै चर्चाको शिखरमा पु¥याईदियो ।

उनलाई पछिल्लो समत फुर्सद नै छैन उनी कहिले स्टेजमा, कहिले रेकर्डिङमा ब्यस्त हुन्छिन् । यस्तो पनि समय आयो, एकै दिनमा ६ वटा गीत रेकर्ड गर्नुपर्ने । युट्युवमा हेरौं, मेलिनाको गीतले १० करोड भ्युज नाघेको छ ।

सिनेमामा खोजौं, पाश्र्व गायनमा उनकै आवाज गुञ्जिएको छ । सर्वाधिक कमाइ गर्ने गायकीहरुको सूचीमा उनको नाम अग्रपंक्तिमा आउँछ ।

१० वर्षको उमेरदेखि नै बुवासँग संगीत सिकेकी राईले एक दशक नेपाली सङ्गीतमा समर्पित गरेकी छिन्। उनको पहिलो गीत १२ वर्षको उमेरमा रेकर्ड भएको थियो।

आफ्नै बुबाको शब्द रचना तथा संगीत रहेको गीत ‘हिमालको काखमा छ मेरो सुन्दर देश’मा स्वर दिने मौका पाएकी थिइन् । गीतमा मेलिनासहित ७ जनाको स्वर थियो ।

त्यसपछि ०६५ सालमा रेडियो नेपालले आयोजना गरेको आधुनिक गीत गायन प्रतियोगितामा मेलिना राई प्रथम भइन् । संगीत क्षेत्रमा उनको नाम गाइँगुइँ सुरु भएको थियो । त्यसपछि झण्डै ७ वर्षसम्म गीतको कोरसमा आवाज दिइन् । तर, उनी कोरसमा मात्र सीमित भइनन् । फाट्टफुट्ट सोलो गीत रेकर्ड गराउन थालिन् । बेलाबेला अग्रज कलाकारहरुका साथमा स्टेज चढ्ने अवसर पाइन् ।

मेलिना अहिले स्टेजमा भन्दा पनि रेकर्डिङमा व्यस्त छिन् । दिनमा ६ वटा गीतसम्म रेकर्ड गराएको अनुभव छ । काम नभएको दिन पनि २–३ वटा रेकर्डिङ पर्छ । उनका अनुसार दिनमा ६ वटासम्म गीत रेकर्ड गराउँदा भने निकै गाह्रो हुन्छ ।

फरक–फरक भाकामा गीत गाउनुपर्ने हुन्छ । फरक–फरक स्टुडियोमा पुग्नुपर्ने हुन्छ । कहिलेकाँही त खाजा खाने समय पनि हुन्न । उनी भन्छिन्, ‘एउटै स्टुडियोमा २–३ भयो र अरु अन्त भयो भने त ठिकै हुन्छ । नत्र त निकै दौडधुप हुन्छ ।’

‘कुटुमा कुटु’ हिट भएपछि मेलिनाले धेरै स्टेजहरुमा आफ्नो प्रस्तुती दिने मौका पाइसकेकी छिन् । नेपालको प्रायः पूर्वी जिल्लाहरुमा उनी पुगिसकेकी छिन् । पश्चिमका पनि केही जिल्लामा उनले आफ्नो स्वर सुनाइसकेकी छिन् ।

विदेशका रहेका नेपालीहरुमाझ पनि उनको आवाज प्रत्यक्ष रुपमा घन्किएको छ । १४ बढि मुलुकमा पुगेर प्रस्तुति दिइसकेकी छिन् । हकङक र कोरिया त ४–४ पटक पुगिसकेकी छिन् । स्टेज कार्यक्रममा पुगेर दर्शकलाई नचाउँदा निकै खुसी हुन्छिन्, मेलिना । भन्छिन्, ‘मेरो गीतमा उपस्थित अडियन्स नाचेको, मेरो स्वरमा स्वर मिलाएको देख्दा निकै खुसी लाग्छ ।’

कुनै समय मेलिनाले आफ्नो खर्च जुटाउन विद्यालयमा पुगेर नृत्य सिकाउने गर्थिन् । दुईवटा स्कुलमा नृत्य सिकाउँदा उनलाई ५ हजार रुपैयाँ आउँथ्यो । भन्छिन्, ‘आफ्नो खर्च आफैं पु¥याउन नृत्य सिकाउँथे । यो रहरभन्दा बाध्यताजस्तै थियो ।’

मामाले ५५ सयमा किनिदिएको साइकल चढेर स्कुलमा पुग्थिन् । मेलिना भन्छिन्, ‘त्यो समय गाडीभाडाको १० रुपैयाँ बचाउनका लागि पनि म साइकलमा नै हिँड्ने गर्थें ।’

अहिले भने मेलिना राईको परिवारले नयाँ घर बनाएको छ । काठमाडौंको गोकर्णमा उनीहरुले नयाँ घर बनाएका छन् । त्यहाँ ठूलो रकम भने मेलिनाको कमाइ परेको छ । मेलिना भन्छिन्, ‘हामी सबै मिलेर नै घर बनाएका हौं ।’

सम्बन्धित समाचार

कुलमान निकट उज्यालो नेपाल र खगेन्द्र सुनारको पार्टीले एकल चुनाव चिन्हमा लड्ने‍ घोषणा

काठमाडौं, १० मंसिर । कुलमान घिसिङको निकट दर्ता भएको "उज्यालो नेपाल पार्टी" र दलित अभियन्ता खगेन्द्र सुनारको अध्यक्षतामा दर्ता भएको "हाम्रो पार्टी नेपाल"बीच एकल चुनाव चिन्हमा सहकार्य हुने भएको छ। फागुन २१ गते तय भएको...

उज्यालो नेपाल पार्टी, नाउपा र हाम्रो पार्टी नेपाल एकता हुँदै

उज्यालो नेपाल पार्टीसहित नागरिक उन्मुक्ति पार्टी र हाम्रो पार्टी नेपाल एकताका लागि छलफलमा जुटेका छन्। आगामी फागुन २१ गतेको निर्वाचनका लागि एउटै चुनाव चिह्नमा चुनाव लड्ने । ललितपुर, ११ मङ्सिर । कुलमान घिसिङको साथ रहेको...

नवीन किराँती मितेरी पार्टी नेपालको अध्यक्षमा चयन: महासचिवमा तेन्धङ

ललितपुर, ६ मङ्सिर । मितेरी पार्टी नेपालको प्रथम केन्द्रिय सभा काठमाडौ तिनकुनेस्थित सिदार्थ कटेजमा सम्पन्न भएको छ । आइतबार सम्पन्न उक्त भेलाले नयाँ समिती पुर्नगठन गर्दै खडग बहादुर देवान (नवीन किराँति) लाई अध्यक्षमा चयन गरेको...

एल वि पालुङ्वाले जनमुक्ति पार्टीको सचिव पदबाट दिए राजिनामा

ललितपुर, ५ मङ्सिर । संयुक्त पहिचानवादी मोर्चाको संगठन विभाग प्रमुख तथा झापा जिल्लाको नेपाल जनमुक्ति पार्टीको केन्द्रीय सचिव एलवी पालुङ्वाले राजिनामा दिएका छन् । युवा नेता पालुङ्वाले बिहीवार एक प्रेस बिज्ञप्ति जारी गर्दै  जिम्मेवारीबाट राजीनामा...