रहेनन् दमकका पूर्व जनप्रतिनिधि इङ्नाम

 लिम्बुवान न्युज
                       

दमक/झापा दमकका सामाजिक व्यक्तित्व नेकपा एमालेका नेता एवं पुर्व जनप्रतिनिधि मोती इङ्नामको कोरोना सक्रमणबाट निधन भएको छ । आज विहान ३ बजे उपचारको क्रममा बिराटनगरको नोवल अस्पतालमा उनको निधन भएकाे हो ।

उनि नेकपा एमाले प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय कमिटी क्षेत्र नं. ५ झापाका सदस्य एवं दमक वार्ड नं. पुरानो १० र हालको ५ का पुर्व वार्ड अध्यक्ष समेत रहेका थिए । सामाजिक रुपमा अत्यन्तै मृदुभाषी व्यक्ति लिम्बुको स्वासप्रश्वासमा समस्या भएपछि विर्तामोडको विर्तासिटी अस्पतालमा उपचार भईरहेको थियो ।

उपचारमा कुनै सुधार नआएपछि विर्तासिटीबाट रेफर गरेर थप उपचारको लागि मंगलबार नोवल अस्पताल पु¥याईएको थियो । तर कोराना कहरसँग वचाउन नसकिएको पारिवारिक श्रोतले बताएका छन् । उनको आजै कन्काईमा अन्तिम दाहसंस्कार गरिने दमक वडा नं. ५ का अध्यक्ष इन्द्र गुरुङ्ले बताएका छन् ।

सम्बन्धित समाचार

दमकको मदनडाँगी–ताराबारी–डिपु सडकको उद्घाटन

दमक, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन् । आइतबार (आज) एक कार्यक्रमका बीच प्रम ओलीले विश्व बैंकको सहयोग एंव नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको...

हस्ताक्षर संकलनमा प्रहरीकाे हस्तक्षेप

दमक, २९ असार । झापाकोे दमकमा प्रधानमन्त्री केपी ओली आएको वेलामा राष्ट्रिय स्वतन्त्र पार्टीले हस्ताक्षर संकलन गरेको भन्दै प्रहरीले हस्तक्षेप गरेको छ । दमकस्थित क्याम्पस माेडमा हस्ताक्षर संकलन गरिरहेका रास्वपाका कार्यकर्तालाई प्रहरीले हस्तक्षेप गरेको हो...

ज्ञानेन्द्र कुरुम्बाङ किरात माङ्सेसे हाङ्साम माङहिमकाे अध्यक्षमा निर्वाचित

ललितपुर, उपत्यका ब्यूराे ।  ललितपुरकाे महालक्ष्मी नगरपालिकास्थित किरात माङ्सेसे हाङ्साम माङहिम सञ्चालक समितिको चौथो अधिवेशन  सम्पन्न भएकाे छ । शंखदेवी लुभुमा अवस्थित माङहिमकाे अध्यक्षमा ज्ञानेन्द्र कुरुम्बाङ निर्वाचित भएका छन् भने  १३ सदस्यीय समिति निर्वाचित  भएका...

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...