दमकमा नयाँ संक्रमित ७२ जना, सक्रिय संक्रमित संख्या ६२५ पुग्यो

 लिम्बुवान न्युज
                       

दमक/ झापाको दमकमा नयाँ भेरियन्टसहितको संक्रमण द्रुत रुपमा फैलिएको पाइएको छ । गएको सोमबार बेलडाँगीस्थित कोभिड उपचार केन्द्रमा संकलन गरिएको नमुनाको परिक्षण रिपोर्ट अनुसार संक्रमितको दर उच्च देखिएको हो ।

नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार सोमबार त्यहाँबाट ९८ जनाको नमुना संकलन गरेर पठाइएकोमा ७२ जनाको रिपोर्ट पोजिटिभ आएको छ ।
यसबाहेक अन्य प्रयोगशालाहरुमा भएको परिक्षणको रिपोर्ट अनुसार अन्य १७ जना थपिँदा दमकमा आज एकैदिन संक्रमण पुष्टि हुनेको संख्या ८९ पुगेको हो ।

नगरपालिकाको स्वास्थ्य शाखाका कुबेर भट्टराईले ४२ महिला र ४६ पुरुषमा संक्रमण पुष्टि भएको रिपोर्ट प्राप्त भएको जनाए । यससंगै दमकमा सक्रिय संक्रमितको संख्या ६२५ पुगेको छ । अहिले सम्म ७२३ जनामा संक्रमण पुष्टि भएको र ११ जनाको मृत्यु भएको नगरपालिकाले जनाएको छ ।

सम्बन्धित समाचार

दमकको मदनडाँगी–ताराबारी–डिपु सडकको उद्घाटन

दमक, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन् । आइतबार (आज) एक कार्यक्रमका बीच प्रम ओलीले विश्व बैंकको सहयोग एंव नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको...

हस्ताक्षर संकलनमा प्रहरीकाे हस्तक्षेप

दमक, २९ असार । झापाकोे दमकमा प्रधानमन्त्री केपी ओली आएको वेलामा राष्ट्रिय स्वतन्त्र पार्टीले हस्ताक्षर संकलन गरेको भन्दै प्रहरीले हस्तक्षेप गरेको छ । दमकस्थित क्याम्पस माेडमा हस्ताक्षर संकलन गरिरहेका रास्वपाका कार्यकर्तालाई प्रहरीले हस्तक्षेप गरेको हो...

ज्ञानेन्द्र कुरुम्बाङ किरात माङ्सेसे हाङ्साम माङहिमकाे अध्यक्षमा निर्वाचित

ललितपुर, उपत्यका ब्यूराे ।  ललितपुरकाे महालक्ष्मी नगरपालिकास्थित किरात माङ्सेसे हाङ्साम माङहिम सञ्चालक समितिको चौथो अधिवेशन  सम्पन्न भएकाे छ । शंखदेवी लुभुमा अवस्थित माङहिमकाे अध्यक्षमा ज्ञानेन्द्र कुरुम्बाङ निर्वाचित भएका छन् भने  १३ सदस्यीय समिति निर्वाचित  भएका...

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...