झापामा पूर्णनिषेधाज्ञा जेठ १४ गतेसम्मलाई लम्बियो

 लिम्बुवान न्युज
                       

दमक/ झापामा कोरोना संक्रमण नियन्त्रणमा नआएको हुँदा एकसाताका लागि निषेधाज्ञा लम्बिएको छ । जिल्ला प्रशासन कार्यालय झापाले पूर्ण निषेधाज्ञालाई एकसाता लम्बाएको जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय झापामा आज बसेको जिल्ला स्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को बैठकले जेठ १४ गते मध्याराति १२ बजेसम्मको लागि निषेधाज्ञा लम्बाउने निर्णय गरेको हो । आज बसेको बैठकको निर्णय अनुसार जिल्ला अधिकारी श्रवणकुमार तिमल्सीनाले ११ बुँदे आदेश जारी गरेका छन् ।

बैठकले खाद्यान्न, माछामासु, तरकारी, फलफूलको हकमा स्थानिय सरकार र उद्योव वाणिज्यसँगको समन्वयमा होम डेलिभरीको व्यवस्था मिलाउने निर्णय गरेको छ । ती सामानहरू व्यवसायीले बिहान ६ बजेदेखि ९ बजेसम्ममा उपभोक्ताहरुको घर–घरमा पु¥याइसक्नु पर्ने जारी आदेशमा उल्लेख गरिएको छ ।

जिल्ला अधिकारीद्वारा जारी गरिएको आदेश तल हेर्नुहोस्ः

 

 

 

 

 

सम्बन्धित समाचार

दमकको मदनडाँगी–ताराबारी–डिपु सडकको उद्घाटन

दमक, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन् । आइतबार (आज) एक कार्यक्रमका बीच प्रम ओलीले विश्व बैंकको सहयोग एंव नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको...

हस्ताक्षर संकलनमा प्रहरीकाे हस्तक्षेप

दमक, २९ असार । झापाकोे दमकमा प्रधानमन्त्री केपी ओली आएको वेलामा राष्ट्रिय स्वतन्त्र पार्टीले हस्ताक्षर संकलन गरेको भन्दै प्रहरीले हस्तक्षेप गरेको छ । दमकस्थित क्याम्पस माेडमा हस्ताक्षर संकलन गरिरहेका रास्वपाका कार्यकर्तालाई प्रहरीले हस्तक्षेप गरेको हो...

ज्ञानेन्द्र कुरुम्बाङ किरात माङ्सेसे हाङ्साम माङहिमकाे अध्यक्षमा निर्वाचित

ललितपुर, उपत्यका ब्यूराे ।  ललितपुरकाे महालक्ष्मी नगरपालिकास्थित किरात माङ्सेसे हाङ्साम माङहिम सञ्चालक समितिको चौथो अधिवेशन  सम्पन्न भएकाे छ । शंखदेवी लुभुमा अवस्थित माङहिमकाे अध्यक्षमा ज्ञानेन्द्र कुरुम्बाङ निर्वाचित भएका छन् भने  १३ सदस्यीय समिति निर्वाचित  भएका...

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...