काठमाडौँ । नेपाल पत्रकार महासंघ र राष्ट्रिय मानव अधिकार आयोग बिच सहकार्य गर्ने सम्बन्धमा समझदारी भएको छ । महासंघका अध्यक्ष विपुल पोख्रेल र आयोगका अध्यक्ष टोप बहादुर मगरबीच ‘संकटका बेला मानव अधिकार सम्बन्धी पत्रकारिता तालिम’ संचालन गर्ने विषयमा छलफल भएको हो ।
छलफलमा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष टोपबहादुर मगरले सबै खाले मानव अधिकार हननका घटना हुन नदिन आयोग प्रतिवद्ध रहेको बताए । उनले मानव अधिकार हननका घटना सम्बन्धी समाचार सम्प्रेशण गर्न पत्रकारका लागि आवश्यक तालिम संचालनमा महासंघसंग सहकार्य गर्न आयोग तयार रहेको बताएका हुन् ।
यसरी नै नेपाल पत्रकार महासंघका अध्यक्ष पोख्रेलले संकटका समयमा मानव अधिकार हननका घटना बढि हुनसक्ने त्यस्ता घटनालाई बाहिर ल्याउन र तत्काल समाधान गर्न आवश्यक रहेको बताए ।