वडाध्यक्ष मेचेको कोरोना संक्रमणबाट निधन

 लिम्बुवान न्युज
                       

झापा। झापाको मेचीनगर–७ का वडाध्यक्ष चन्दन मेचेको कोरोना संक्रमणबाट निधन भएको छ । विगत ५ दिनदेखि बिर्तामोडस्थित बिर्तासिटी हस्पिटलको भेन्टिलेटरमा रहेर उपचाररत मेचेको शनिबार विहान ११ः३० बजे निधन भएको हो ।

मेचीनगर सामाजिक विकास समिति संयोजक नबिन बरालका अनुसार कोरोना संक्रमणले स्वास्थ्यमा समस्या गत वैशाख २७ गते उनी हस्पिटल भर्ना भएको र २८ गते गरिएको स्वाब परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

मेचे काँग्रसको भातृ संगठन आदिबासी जनजाती संघ झपाका जिल्ला अध्यक्ष तथा मेचे समाज शिवियारी आफातका पूर्व कन्द्रीय अध्यक्षसमेत रहेका थिए । मेचेका एक श्रीमती तीन छोरा र एक बुहारी छन् । मृतक वडाध्यक्षको आजै स्थानीय निन्दा नदीमा अन्तिम दाहसंस्कार गरिन नगरपालिका स्रोतले बताएको छ ।

सम्बन्धित समाचार

दमकको मदनडाँगी–ताराबारी–डिपु सडकको उद्घाटन

दमक, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन् । आइतबार (आज) एक कार्यक्रमका बीच प्रम ओलीले विश्व बैंकको सहयोग एंव नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको...

हस्ताक्षर संकलनमा प्रहरीकाे हस्तक्षेप

दमक, २९ असार । झापाकोे दमकमा प्रधानमन्त्री केपी ओली आएको वेलामा राष्ट्रिय स्वतन्त्र पार्टीले हस्ताक्षर संकलन गरेको भन्दै प्रहरीले हस्तक्षेप गरेको छ । दमकस्थित क्याम्पस माेडमा हस्ताक्षर संकलन गरिरहेका रास्वपाका कार्यकर्तालाई प्रहरीले हस्तक्षेप गरेको हो...

ज्ञानेन्द्र कुरुम्बाङ किरात माङ्सेसे हाङ्साम माङहिमकाे अध्यक्षमा निर्वाचित

ललितपुर, उपत्यका ब्यूराे ।  ललितपुरकाे महालक्ष्मी नगरपालिकास्थित किरात माङ्सेसे हाङ्साम माङहिम सञ्चालक समितिको चौथो अधिवेशन  सम्पन्न भएकाे छ । शंखदेवी लुभुमा अवस्थित माङहिमकाे अध्यक्षमा ज्ञानेन्द्र कुरुम्बाङ निर्वाचित भएका छन् भने  १३ सदस्यीय समिति निर्वाचित  भएका...

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...