आज थपिए ७९१४ जना नयाँ कोरोना संक्रमित

 लिम्बुवान न्युज
                       

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ७ हजार ९१४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् भने कोरोना संक्रमणबाट थप १९३ जनाको मृत्यु भएको छ ।

आज देशभरका प्रयोगशालामा १८ हजार ९६५ पीसीआर टेष्ट गर्दा ७ हजार ५९८ र ९३१ एन्टिजेन टेष्ट गर्दा ३१६ जना नयाँ संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नयाँ संक्रमितमध्ये २ हजार ८२१ काठमाडौं उपत्यकाका छन् । आज प्राप्त जानकारी अनुसार ७ हजार ६६४ जनाले कोरोना जितेका छन् ।

जिल्लागत संक्रमितको विवरण हेर्नुहोस्ः

स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौँमा १,७६१, ललितपुरमा ६९४, रूपन्देहीमा ४२९, मोरङमा ३८३, भक्तपुरमा ३६६, बर्दियामा २७१ र सुर्खेतमा २३९ जनामा कोरोना देखिएको छ ।

यस्तैगरी काभ्रेपलाञ्चोकमा १७२, बारामा १५७, सिन्धुपाल्चोकमा १५५, झापामा १४८, बाँकेमा १३७, म्याग्दीमा १४४, कपिलवस्तुमा १३२, सुनसरीमा १२१, मकवानपुर र स्याङ्जामा ११२÷११२ जना र दाङमा १०९ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यैगरी १०० भन्दा कम सक्रमित हुने जिल्लाहरुमा धनुषा र अछाममा ९६÷९६ जना, सिरहामा ८६, पाल्पामा ८०, धादिङमा ६७, तनहुँमा ६४, गुल्मीमा ६३, महोत्तरीमा ६०, सप्तरीमा ५९, गोरखामा ५८, नवलपरासी पूर्वमा ५३, डोटीमा ५२, कैलालीमा ५०, सल्यानमा ४९, उदयपुरमा ४८, रामेछापमा ४१, नवलपरासी पश्चिममा ४०, बागलुङमा ३९, नुवाकोट र कालीकोटमा ३८÷३८ जना, पर्सामा ३७, कञ्चनपुरमा ३६ र लमजुङमा ३२ जना कोरोना संक्रमित पाइएको छ ।

यस्तै अन्य जिल्लाहमा चितवनमा २४, सर्लाहीमा २१, डडेल्धुरामा १८, इलाम र दोलखामा १४÷१४ जना, रोल्पामा १२, ताप्लेजुङ, रौतहट, सिन्धुलीमा १३÷१३ जना, बैतडीमा १०, डोल्पामा ९, खोटाङ, पर्वत र रूकुम पश्चिममा ८÷८ जना, ओखलढुंगा, धनकुटा, भोजपुर र जाजरकोटमा ६÷६ जना, पाँचथर र संखुवासभामा ५÷५ जना, सोलुखुम्बु र रसुवामा ४÷४ जना, तेह्रथुम, प्युठान, जुम्ला, दैलेख, दार्चुला र बाजुरामा ३÷३ जना, मुस्ताङमा २ तथा मुगु र बझाङमा १÷१ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

आजसम्ममा देशभर १ लाख १५ हजार ५४७ जना संक्रमित रहेको छ । त्यसमध्ये संस्थागत आइसोलेसनमा ७ हजार ३४९ जना र होम आइसोलेसनमा १ लाख ८ हजार १९८ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

दमकको मदनडाँगी–ताराबारी–डिपु सडकको उद्घाटन

दमक, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन् । आइतबार (आज) एक कार्यक्रमका बीच प्रम ओलीले विश्व बैंकको सहयोग एंव नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको...

हस्ताक्षर संकलनमा प्रहरीकाे हस्तक्षेप

दमक, २९ असार । झापाकोे दमकमा प्रधानमन्त्री केपी ओली आएको वेलामा राष्ट्रिय स्वतन्त्र पार्टीले हस्ताक्षर संकलन गरेको भन्दै प्रहरीले हस्तक्षेप गरेको छ । दमकस्थित क्याम्पस माेडमा हस्ताक्षर संकलन गरिरहेका रास्वपाका कार्यकर्तालाई प्रहरीले हस्तक्षेप गरेको हो...

ज्ञानेन्द्र कुरुम्बाङ किरात माङ्सेसे हाङ्साम माङहिमकाे अध्यक्षमा निर्वाचित

ललितपुर, उपत्यका ब्यूराे ।  ललितपुरकाे महालक्ष्मी नगरपालिकास्थित किरात माङ्सेसे हाङ्साम माङहिम सञ्चालक समितिको चौथो अधिवेशन  सम्पन्न भएकाे छ । शंखदेवी लुभुमा अवस्थित माङहिमकाे अध्यक्षमा ज्ञानेन्द्र कुरुम्बाङ निर्वाचित भएका छन् भने  १३ सदस्यीय समिति निर्वाचित  भएका...

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...