मुटुरोगी लावतीलाई कोरियाबाट आर्थिक सहयोग प्राप्त

 लिम्बुवान न्युज
                       

मिक्लाजुङ्। पाँचथरको मिक्लाजुङ ५ बस्ने मुटुरोगी कालेन्द्र लावतीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग प्राप्त भएको छ । पापोहाङ लाओती सयङ दक्षिण कोरियाको सहयोग अभियान मार्फत प्राप्त २ लाख १५ हजार रुपैयाँ  मुटु रोगी लावतीलाई हस्तान्तरण गरिएको हो ।

विगत केही महिनादेखि लावतीको मुटुमा रेयूमेटिक हर्ट डिजीज भई शल्यक्रिया गर्नु पर्ने भएको हुँदा आर्थिक अवस्था नाजुक भएको हुँदा आर्थिक सहयोगको अपिल गरिएको संयोजक गगन लावतीले बताए । हाल गंगालाल हृदयकेन्द्र काठमाडौंमा उपचार गराईरहनु भएका लावतीको उपचारका ५ लाख रुपैयाँ खर्च भईसकेको र अब अप्रेसन गर्न थप ५ लाख रुपैयाँको आवश्यकता रहेको संयोजक लावतीले बताए । हाल बिरामी काठमाडौंमै रहेको पनि संयोजक लावतीले बताए ।

संयोजक लावतीले पापोहाङ लाओती सयङ दक्षिण कोरियालाई सहयोगको लागि धन्यवाद व्यक्त गरेका छन् । त्यसैगरी विरामीका दिदी विमला लावतीले भाइकाे उपचारको लागि सहयोग गर्नुहुने सहयोगी मनहरुप्रति कृतज्ञा व्यक्त गरेकी छन् ।

यस्तैगरी विरामीको उपचारलाई सहज बनाउन जतिपनि सहयोग गर्नुहुने प्रति मिक्लाजुङ गाउँपालिका वडा नं. ५ का अध्यक्ष अविसन लावतीले पनि आभार प्रकट गरेका छन् । पापोहाङ लाओती सयङ दक्षिण कोरियालाई हार्दिक धन्यवाद व्यक्त गर्दै वडाध्यक्ष लावतीले थप उपचारको लागि सहयोगी मनहरुलाई पुनः अनुरोध गरेका छन् ।

सम्बन्धित समाचार

दमकको मदनडाँगी–ताराबारी–डिपु सडकको उद्घाटन

दमक, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन् । आइतबार (आज) एक कार्यक्रमका बीच प्रम ओलीले विश्व बैंकको सहयोग एंव नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको...

हस्ताक्षर संकलनमा प्रहरीकाे हस्तक्षेप

दमक, २९ असार । झापाकोे दमकमा प्रधानमन्त्री केपी ओली आएको वेलामा राष्ट्रिय स्वतन्त्र पार्टीले हस्ताक्षर संकलन गरेको भन्दै प्रहरीले हस्तक्षेप गरेको छ । दमकस्थित क्याम्पस माेडमा हस्ताक्षर संकलन गरिरहेका रास्वपाका कार्यकर्तालाई प्रहरीले हस्तक्षेप गरेको हो...

ज्ञानेन्द्र कुरुम्बाङ किरात माङ्सेसे हाङ्साम माङहिमकाे अध्यक्षमा निर्वाचित

ललितपुर, उपत्यका ब्यूराे ।  ललितपुरकाे महालक्ष्मी नगरपालिकास्थित किरात माङ्सेसे हाङ्साम माङहिम सञ्चालक समितिको चौथो अधिवेशन  सम्पन्न भएकाे छ । शंखदेवी लुभुमा अवस्थित माङहिमकाे अध्यक्षमा ज्ञानेन्द्र कुरुम्बाङ निर्वाचित भएका छन् भने  १३ सदस्यीय समिति निर्वाचित  भएका...

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...