लोवा बने खुल्ला अनलाइन कविता प्रतियोगिताको विजेता, पाउँनेछन् १ लाख १०५ रुपैयाँ

,   लिम्बुवान न्युज
                       

दमक। पाँचथरका मचिन्द्र लोवा (सेमी) “अस्तित्व र पहिचानको निम्ति” खुल्ला अनलाइन कविता प्रतियोगिताको बिजेता बनेका छन् । संघीय लेखक मञ्च प्रवास समिति मलेसियाले आयोजना गरेको अनलाइन कविता प्रतियोगिताको विजयी बन्दै लोवाले नगद १ लाख १०५ रुपैयाँ र प्रमाणपत्र हात पारेका हुन् ।

पाँचथरको फालेलुङमा स्थायी बसोबास गर्नुहुने लोवाको “माङ्गेन्ना” शिर्षकको कविता प्रथम भएको हो । यसैगरी इलाम माङसेबुङका मनिभक्त राईको ‘प्रतिशोध’ कविताले दोस्रो स्थान, इलामकै सुर्योदन नगरपालिका १ की अन्जिला अर्पणा थामीको ‘सभ्यताको एकता’ शिर्षकको कविता तेस्रो र झापा दमकका अवि चेम्जोङ्को ‘बुढो रुख र हजुरबुबा’ शिर्षकको कविताले सान्तवना पुरस्कार जितेको छ ।

प्रथम पुरस्कार विजेताः मचिन्द लाेवा (सेमी)

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्चको प्रवास समिति संघीय लिम्बुवान सामाजिक मञ्च, प्रवास समितिको जनसंगठनको रुपमा रहेको संघीय लिम्बुवान लेखक संघले आयोजना गरेको उक्त अनलाइन कविता प्रतियोगितामा दोस्रो, तेस्रो र सान्तवना पुरस्कार विजेताहरुले क्रमशः ५० हजार १०५ रुपैयाँ, २५ हजार १०५ रुपैयाँ र प्रमाणपत्र र १० हजार १०५ र प्रमाणपत्र पाउनेछन् ।

विभिन्न मुलुकमा रहेका ५६ वटा कविताहरु समावेश भएको पहिलो चरणबाट १६ वटा कविता छनौट गरी दोस्रो चरणको पब्लिक च्वाइसबाट प्रथम, दोस्रो, तेस्रो र सान्तवना विजेताहरुको छनौट गरिएको कार्यक्रम संयोजक तथा लेखक मञ्चका अध्यक्ष जनम लिङ्दमले बताए ।

गत मंसिर महिनाबाट शुरु भएको यस प्रतियोगिताको विजेताहरुको नामावली विज्ञप्ति मार्फत आइतबार सार्वजनिक गरिएको हाे । आगामी जेष्ठ १६ गते अंग्रेजी महिनाक मे ३० तारिखका दिन भरच्यूल जुम मार्फत पुरस्कार वितरण गर्दै कार्यक्रम सम्पन्न गर्ने संयोजक लिङदमले बताएका छन् ।

प्रथम पुरस्कार कवितालाइ तल हेर्नुहाेस्ः

 

 

 

 

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;