लोवा बने खुल्ला अनलाइन कविता प्रतियोगिताको विजेता, पाउँनेछन् १ लाख १०५ रुपैयाँ

 लिम्बुवान न्युज
                       

दमक। पाँचथरका मचिन्द्र लोवा (सेमी) “अस्तित्व र पहिचानको निम्ति” खुल्ला अनलाइन कविता प्रतियोगिताको बिजेता बनेका छन् । संघीय लेखक मञ्च प्रवास समिति मलेसियाले आयोजना गरेको अनलाइन कविता प्रतियोगिताको विजयी बन्दै लोवाले नगद १ लाख १०५ रुपैयाँ र प्रमाणपत्र हात पारेका हुन् ।

पाँचथरको फालेलुङमा स्थायी बसोबास गर्नुहुने लोवाको “माङ्गेन्ना” शिर्षकको कविता प्रथम भएको हो । यसैगरी इलाम माङसेबुङका मनिभक्त राईको ‘प्रतिशोध’ कविताले दोस्रो स्थान, इलामकै सुर्योदन नगरपालिका १ की अन्जिला अर्पणा थामीको ‘सभ्यताको एकता’ शिर्षकको कविता तेस्रो र झापा दमकका अवि चेम्जोङ्को ‘बुढो रुख र हजुरबुबा’ शिर्षकको कविताले सान्तवना पुरस्कार जितेको छ ।

प्रथम पुरस्कार विजेताः मचिन्द लाेवा (सेमी)

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्चको प्रवास समिति संघीय लिम्बुवान सामाजिक मञ्च, प्रवास समितिको जनसंगठनको रुपमा रहेको संघीय लिम्बुवान लेखक संघले आयोजना गरेको उक्त अनलाइन कविता प्रतियोगितामा दोस्रो, तेस्रो र सान्तवना पुरस्कार विजेताहरुले क्रमशः ५० हजार १०५ रुपैयाँ, २५ हजार १०५ रुपैयाँ र प्रमाणपत्र र १० हजार १०५ र प्रमाणपत्र पाउनेछन् ।

विभिन्न मुलुकमा रहेका ५६ वटा कविताहरु समावेश भएको पहिलो चरणबाट १६ वटा कविता छनौट गरी दोस्रो चरणको पब्लिक च्वाइसबाट प्रथम, दोस्रो, तेस्रो र सान्तवना विजेताहरुको छनौट गरिएको कार्यक्रम संयोजक तथा लेखक मञ्चका अध्यक्ष जनम लिङ्दमले बताए ।

गत मंसिर महिनाबाट शुरु भएको यस प्रतियोगिताको विजेताहरुको नामावली विज्ञप्ति मार्फत आइतबार सार्वजनिक गरिएको हाे । आगामी जेष्ठ १६ गते अंग्रेजी महिनाक मे ३० तारिखका दिन भरच्यूल जुम मार्फत पुरस्कार वितरण गर्दै कार्यक्रम सम्पन्न गर्ने संयोजक लिङदमले बताएका छन् ।

प्रथम पुरस्कार कवितालाइ तल हेर्नुहाेस्ः

 

 

 

 

सम्बन्धित समाचार

मुक्कुमलुङ संरक्षणको लागि आन्दोलन घोषणा

ललितपुर, २१ पुष । ताप्लेजुङस्थित पवित्र धार्मिक तथा पर्यटकीय स्थल मुक्कुमलुङ संरक्षणका लागि पुनः आन्दोलन घोषणा गरिएको छ । विगत ६ बर्षदेखि आन्दोलनरत संघ संगठनहरुले पुनः संरक्षणको लागि आन्दोलन घोषणा गरेका हुन् । लामो समयदेखि...

रोटरी क्लब अफले चुम्याे ‘दमक फुटसल प्रतियोगिता २०८२’ को उपाधि 

झापाको दमकमा सम्पन्न मैत्रीपूर्ण फुटसल प्रतियोगिता २०८२ को उपाधि रोटरी क्लब अफ दमकले जितेको छ । पत्रकार मञ्च दमकको आयोजनामा पुष २१ गते आयोजित एक दिने प्रतियोगिताको फाइनल खेलमा कदम थिएटर दमकलाई ७–१ गोल अन्तरले हराउदै रोटरी च्याम्पियन बनेको हो । विजेता टिमले सेमिफाइनल खेलमा दमक नगर कर्मचारीलाई हराएको थियो भने कदमले आयोजक पत्रकार मञ्च दमक  (निलो) लाई हराउदै फाइनल प्रवेश गरेको थियो । यसैगरी व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलकिपर रोटरीका विसु राई चुनिदा, उत्कृष्ट खेलाडीको उपाधि कदमका दिपेश मगरले हात पारे । त्यस्तै प्रतियोगिता भरी ५ गोल गरेका रोटरीका सावन अधिकारीले हाइ स्कोररको पुरस्कार प्राप्त गरे । प्रतियोगिताको विजेताले नगद १५ हजार रुपैयाँ सहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गरे भने उपविजेताले नगद १० हजार रुपैयाँ सहित ट्रफि मेडल र प्रमाणपत्रमा चित्त बुझाए । विजेता खेलाडीहरुलाई मञ्चका अध्यक्ष कमन देवान, औपचारिक कार्यक्रमका प्रमुख अतिथि दमक ९ का वडा अध्यक्ष  कुबेर भट्टराई, अतिथिहरु इलाका प्रहरी कार्यलय दमकका प्रहरी निरीक्षक नवीन राई, विधा लक्ष्मी स्कुल दमक ४ का  प्रधानाध्यापक भूपाल काफ्ले, दमकका युवा व्यवसायी रवि बस्नेत लगायतले पुरस्कार वितरण गरेका थिए । पत्रकार मञ्च दमकको आयोजनामा भएको प्रतियोगितामा दमक नगरपालिका, उधोग वाणिज्य संघ दमक, रोटरी क्लब  अफ दमक, कदम थिएटर दमक, लायन्स क्लब अफ दमक, दमक जेसिस सहित राजनैतिक दलकाे सहभागिता रहेकाे थियाे ।  तस्वीरः सजन राई

जेनजी आन्दोलन घटना छानबिनका लागि ओलिलाई जाचबुझ आयोगले काट्यो पत्र

जेनजी आन्दोलनको घटना छानबिनका लागि गठन भएको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि पत्र पठाएको छ। आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकसँग बयान लिइसकेपछि पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले ओलीलाई पत्र पठाएको हो। आयोगले यसअघि...

उज्यालो नेपाल पार्टीको ताप्लेजुङ जिल्ला तदर्थ समिति गठनः अध्यक्षमा प्रदिप मादेन

ललितपुर, १२ पौष । उज्यालो नेपाल पार्टीको ताप्लेजुङ जिल्ला तदर्थ समिति गठन गरिएको छ । शनिबार पार्टीको केन्द्रीय सदस्य प्रा.डा.महेन्द्र लावतीको प्रमुख आतिथ्यतामा फुङलिङमा आयोजित एक कार्यक्रमले प्रदिप मादेन ‘नानी’को अध्यक्षतामा २९ सदस्यीय तदर्थ समिति...