महासंघलाई जिल्ला सहकारी संघ झापाद्वारा स्वास्थ्य सुरक्षा सामग्री प्रदान

 लिम्बुवान न्युज
                       

तस्वीरः पूर्वाञ्चल दैनिक

विर्तामोड। जिल्ला सहकारी संघ, झापाले नेपाल पत्रकार महासंघ, झापा शाखालाई पत्रकारको स्वास्थ्य सुरक्षाका लागि स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको छ । आज (मंगलबार) बिर्तामोडस्थित सहकारी संघको कार्यालयमा एक कार्यक्रमका बिच सामग्री प्रदान गरिएको हो ।

संघको तर्फबाट अध्यक्ष गणेश ढकाल, सचिव भानु दंगाल (भवानी) र क्षेत्रीय सदस्य केशव बस्नेतले पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीलाई स्वास्थ्य सुरक्षा सामग्रीहरु गुणस्तरीय मास्क तीन सय प्याकेट, सेनिटाइजर र फेससिल तीन÷तीन सय थान, अक्सिमिटर २० थान हस्तान्तरण गरेका हुन् ।

सहकारी संघका अध्यक्ष ढकालले संकटको घडीमा फ्रन्टलाइनमा रहेर काम गरिरहेका झापाली पत्रकारहरुको स्वास्थ्य सुरक्षाका लागि सहयोग प्रदान गरिएको बताए । उनले झापा जिल्लाका सुरक्षाकर्मीका लागि ६ लाख भन्दाबढीको सामग्री केही दिन अघि संघले हस्तान्तरण गरेको पनि जानकारी दिएका छन् ।

संकटको यो घडीमा सहयोग गरेकोमा महासंघका झापा अध्यक्ष गिरीले सहकारी संघलाई धन्यवाद दिदै सहकारी संघसंग उद्देश्य मिल्ने अभियानमा सहकार्य गर्ने र संघका कार्यमा सहयोग गरेर जाने बताए ।

उक्त हस्तान्तरण कार्यक्रममा महासंघ झापाका उपाध्यक्ष केशव भट्टराई, कोषाध्यक्ष रञ्जित प्रसाईं, कार्यसमिति सदस्यहरु रञ्जित परियार, बिनोद पाण्डे, केन्द्रीय परिषद् सदस्य ज्ञानेन्द्र निरौला, सदस्य राजेन्द्र गौतम लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार

दमकको मदनडाँगी–ताराबारी–डिपु सडकको उद्घाटन

दमक, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन् । आइतबार (आज) एक कार्यक्रमका बीच प्रम ओलीले विश्व बैंकको सहयोग एंव नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको...

हस्ताक्षर संकलनमा प्रहरीकाे हस्तक्षेप

दमक, २९ असार । झापाकोे दमकमा प्रधानमन्त्री केपी ओली आएको वेलामा राष्ट्रिय स्वतन्त्र पार्टीले हस्ताक्षर संकलन गरेको भन्दै प्रहरीले हस्तक्षेप गरेको छ । दमकस्थित क्याम्पस माेडमा हस्ताक्षर संकलन गरिरहेका रास्वपाका कार्यकर्तालाई प्रहरीले हस्तक्षेप गरेको हो...

ज्ञानेन्द्र कुरुम्बाङ किरात माङ्सेसे हाङ्साम माङहिमकाे अध्यक्षमा निर्वाचित

ललितपुर, उपत्यका ब्यूराे ।  ललितपुरकाे महालक्ष्मी नगरपालिकास्थित किरात माङ्सेसे हाङ्साम माङहिम सञ्चालक समितिको चौथो अधिवेशन  सम्पन्न भएकाे छ । शंखदेवी लुभुमा अवस्थित माङहिमकाे अध्यक्षमा ज्ञानेन्द्र कुरुम्बाङ निर्वाचित भएका छन् भने  १३ सदस्यीय समिति निर्वाचित  भएका...

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...