धरान, जेष्ठ–११ । सुनसरीको धरान २ रत्नरोड स्थित एम्बुलेन्सबाट सय केजी गाँजा २ जना पक्राउ परेका छन् । सोमबार साँझ अस्थाई प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
धनकुटाको भेडेटारबाट धरानतर्फ आउदै गरेको को१च ५५५९ नम्बरको एम्बुलेन्सलाई रोकी चेकजाँच गर्दा एम्बुलेन्सको पछाडिको भागमा २५÷२५ के.जी.को ४ वटा झोलामा जम्मा एकसय के.जी. लागूऔषध गाँजा बरामद गरेको हो ।
बरामद गरिएको गाँजा सहित एम्बुलेन्स, एम्बुलेन्स चालक धरान १५ का ३६ बर्षीय बल बहादुर लिम्बु र सोही एम्बुलेन्समा सवार धनकुटा घरभई हाल धरान ११ बस्ने २८ बर्षीय पोशन राईलाई पक्राउ गरि ईलाका प्रहरी कार्यालय धरान सुनसरी राखी थप अनुसन्धान भईरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।