पाँचथर। पाँचथरको हिलिहाङ गाउँपालिका वडा नं. ४ का वडाध्यक्षको कोरोना संक्रमणबाट निधन भएको छ । बिहीबार विर्तामोडको वि एण्ड सी अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
बैशाख अन्तिम हप्तामा कोरोना पोजेटिभ देखिएपछि होम आइसोलेसनमा बस्दै आएका उनको स्वास्थ्यमा समस्या आएपछि पाँचथर अस्पताल ल्याइएको थियो तर समस्या झन जटिल हुन थालेपछि बिर्तामोड वि एण्ड सीमा रेफर गरिएको थियो ।
जनस्तरमा लोकप्रिय सिगुको उपचारको लागि जनस्तरबाट आर्थिक सहयोग समेत जुटिरहेको अवस्थामा स्वास्थ्यमा निरन्तर उतार चढाब आइरहेको थियो । यसैविच आज विहान नौ वजे वडाध्यक्ष सिगुको निधन भएको हिलिहाङ गाँउ पालिकाका प्रवक्ता समेत रहेका वडा नम्वर ३ का अध्यक्ष मदन गौतमले जानकारी दिएका छन् ।