लिम्बुवानखबर, १३ जेठ। नेपालमा कोरोना संक्रमणबाट हालसम्म ज्याउन गुमाउनेको संख्या ६ हजार ९५१ पुगेको तथ्याङ्क सार्वजनिक भएको छ । आज महामारीबाट थप १०६ जनाको मृत्यु भएसँगै मृतकको संख्या ६ हजार ९५१ पुगेको हो ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मृत्युदर भन्दा निको हुनेदर बढ्न थालेको छ । बिहीबार ६ हजार ९३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २० हजार ९९२ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ६७३१ र एन्टिजेन विधिबाट २०८ जनामा संक्रमण पुष्टि भएको हो । यही अवधिमा ७ हजार २२६ जना निको भएका छन् ।
हाल नेपालमा कूल संक्रमितको संख्या ५ लाख ४२ हजार २५६ पुगेको छ । नेपालमा १ लाख १६ हजार ४७६ जना सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमितमध्ये १ लाख ८ हजार ६२६ जना होम आइसोलेसनमा, ७ हजार ८५० संस्थागत आइसोलेन, आईसीयूमा १ हजार ६४५ र ४५७ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नेपालमा कोरोना संक्रमणबाट हालसम्म ४ लाख १८ हजार ८२९ जना मुक्त भएका छन् । नेपालमा निको हुने दर ७७.२ प्रतिशत रहेको छ ।