धरानमा प्रहरी चौकीमै युवाहरूको आक्रमण

 लिम्बुवान न्युज
                       

  • बालकुमारी ताम्ली (सजन)

धरान । सुनसरीको धरानमा हतियारधारी युवाको एक समूहले अस्थायी प्रहरी चौकीभित्र प्रवेश गरी बिहीबार साँझ प्रहरी माथि आक्रमण गरेका छन् ।

आक्रमणमा परी नयाँ बसपार्कमा रहेको अस्थायी प्रहरी चौकी धरान १५ का इन्चार्ज प्रहरी सहायक निरीक्षक सुमन दाहाल र हवल्दार विजय यादव घाइते भएका छन् ।

स्थानीयवासीका अनुसार धरान ३ बस्ने प्रसान लिम्बूलाई बारम्वर फोनबाट धम्कि आएपछि उजुरी दिन आएको युवालाई पछिबाट आएको ७÷८ जना युवाहरुको समूहले उजुरी दिने युवालाई चौकी भित्र नै आक्रमण गर्न खोजेका थिए । उनीहरुलाई रोक्न खोज्दा चौकी इन्चार्ज लाई खुकुरी प्रहार गरेका थिए । घाइते दुवैजनाको धरान विपि कोईराला विज्ञापन प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार भईरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

प्रहरीले उजुरी गर्न आएकालाई जोगाएको थियो । उजुरी गर्न आउनेहरुलाई फोनबाट धम्की दिनेहरुले नै आक्रमण गरेको र उनीहरुको खोजी कार्यभईरहेको इलाका प्रहरी कार्यालय धरानका निरीक्षक हेमराज ओलीले जानकारी दिएका छन् ।

वडा नं. १५ को वडा कार्यालय नजिकै रहेको चौकी भित्र साँझ ७ः३० बजे आक्रमण भएको वडाध्यक्ष नरेशकुमार इवारमले बताए । उक्त प्रहरी चौकीमा असईको नेतृत्वमा ४ प्रहरी कार्यरत रहेका छन् ।

सम्बन्धित समाचार

मुक्कुमलुङ परिसरमा वृक्षारोपण – एक सत्याग्रह

पूर्वी नेपालको ताप्लेजुङ जिल्ला स्थित मुक्कुमलुङ क्षेत्र, जसलाई किरात मुन्धुमी परम्परामा अत्यन्त पवित्र स्थल मानिन्छ, अहिले केवलकार निर्माणको नाममा बन फडानीको चपेटामा परेको छ। यही विरुद्धमा, असार १ गते, हजारौँ नागरिकले सामूहिक वृक्षारोपण कार्यक्रमको आयोजना...

दमकको मदनडाँगी–ताराबारी–डिपु सडकको उद्घाटन

दमक, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन् । आइतबार (आज) एक कार्यक्रमका बीच प्रम ओलीले विश्व बैंकको सहयोग एंव नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको...

हस्ताक्षर संकलनमा प्रहरीकाे हस्तक्षेप

दमक, २९ असार । झापाकोे दमकमा प्रधानमन्त्री केपी ओली आएको वेलामा राष्ट्रिय स्वतन्त्र पार्टीले हस्ताक्षर संकलन गरेको भन्दै प्रहरीले हस्तक्षेप गरेको छ । दमकस्थित क्याम्पस माेडमा हस्ताक्षर संकलन गरिरहेका रास्वपाका कार्यकर्तालाई प्रहरीले हस्तक्षेप गरेको हो...

ज्ञानेन्द्र कुरुम्बाङ किरात माङ्सेसे हाङ्साम माङहिमकाे अध्यक्षमा निर्वाचित

ललितपुर, उपत्यका ब्यूराे ।  ललितपुरकाे महालक्ष्मी नगरपालिकास्थित किरात माङ्सेसे हाङ्साम माङहिम सञ्चालक समितिको चौथो अधिवेशन  सम्पन्न भएकाे छ । शंखदेवी लुभुमा अवस्थित माङहिमकाे अध्यक्षमा ज्ञानेन्द्र कुरुम्बाङ निर्वाचित भएका छन् भने  १३ सदस्यीय समिति निर्वाचित  भएका...