काठमाडौं । अछामका मिर्गाैला पिढीत पत्रकार ध्रुव बिसी क्षेत्रीले मिर्गौला प्रत्यारोपण लागि सहयोगको अपिल गरेका छन् । विगत १ बर्ष देखि वैकल्पिक उपचार विधि अपनाउँदै उपचार गर्ने क्रममा १८ लाख रुपैयाँ सकिए पछि पनि मिर्गौला निको नभई प्रत्यारोपण नै गर्नु पर्ने भएपछि आफूलाई निकै समस्या परेको बताएका छन् ।
आर्थिक समस्याले जेल्दै गएपछि रकमको अभावमा छटपटाइरहेका पत्रकार क्षेत्रीले मिर्गाैला प्रत्यारोपण गर्न रकम अभाव भएको भन्दै उनले सहयोगीहरुबाट रकम सहायताको अपेक्षा गरेका छन् । उनले भनेका छन्— ‘जीवनको यो अन्तिम घडीमा एक पटक यहाँहरुबाट सहयोगको अपेक्षा लिएको छु, कृपया मलाई बचाउनुहोस् ।’
उनलाई निम्न खातामा रकम पठाएर सहयोग गर्न सकिनेछ । ‘ईसेवा आइडी ९८५११३०९६५’ वा नेपाल एसबीआई बैंकको भक्तपुर शाखामा रहेको ध्रुव बिसी नामको २०७१५२४१४०५६५४ वा कृषि विकास बैंकको मंगलसेन अछाममा रहेको ध्रुव बिसी नामको बैंक खाता ०८२२६०११०९८४४०२६ मा रहेको खातामा रकम पठाएर सहयोग गर्न सकिने भएको छ ।