दमकमा कोरोना संक्रमित नयाँ भेरियन्टबाट मृत्यु हुनेको संख्या १७ पुग्यो

 लिम्बुवान न्युज
                       

१५ जेठ, दमक/ झापाको दमकमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७ पुगेको छ । आज विहान दमक ५ का ७५ बर्षिये कोरोना संक्रमित एक पुरुषको मृत्युसँगै दमकमा कोरोनाले मर्नेको संख्या १७ पुगेको हो ।

दमक २ स्थित कोभिड उपचार केन्द्रमा उपचारका क्रममा पुरुषको मृत्यु भएको नगरपालिका स्वास्थ्य शाखाका कुवेर भट्टराईले जनाएका छन् । ति पुरुषको गत जेठ ५ गते गरेको परिक्षणमा कोरोना रिपोर्ट पोजिटिभ आएको थियो ।

पोजिटिभ रिपोर्ट आएको ५ दिन सम्म ओम आइसोलेसनमा बसेका उनको स्वास्थ्यमा थप समस्या आएपछि १० जेठमा उनलाई उपचारका लागि दमक अस्पताल अन्तर्गतको कोभिड उपचार केन्द्रमा भर्ना गरिदएको थियो । हालसम्म चैत्र २५ यता दमकमा नयाँ भेरियन्टका संक्रमित संख्या ६२८ पुगेको छ ।

सम्बन्धित समाचार

दमकको मदनडाँगी–ताराबारी–डिपु सडकको उद्घाटन

दमक, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन् । आइतबार (आज) एक कार्यक्रमका बीच प्रम ओलीले विश्व बैंकको सहयोग एंव नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको...

हस्ताक्षर संकलनमा प्रहरीकाे हस्तक्षेप

दमक, २९ असार । झापाकोे दमकमा प्रधानमन्त्री केपी ओली आएको वेलामा राष्ट्रिय स्वतन्त्र पार्टीले हस्ताक्षर संकलन गरेको भन्दै प्रहरीले हस्तक्षेप गरेको छ । दमकस्थित क्याम्पस माेडमा हस्ताक्षर संकलन गरिरहेका रास्वपाका कार्यकर्तालाई प्रहरीले हस्तक्षेप गरेको हो...

ज्ञानेन्द्र कुरुम्बाङ किरात माङ्सेसे हाङ्साम माङहिमकाे अध्यक्षमा निर्वाचित

ललितपुर, उपत्यका ब्यूराे ।  ललितपुरकाे महालक्ष्मी नगरपालिकास्थित किरात माङ्सेसे हाङ्साम माङहिम सञ्चालक समितिको चौथो अधिवेशन  सम्पन्न भएकाे छ । शंखदेवी लुभुमा अवस्थित माङहिमकाे अध्यक्षमा ज्ञानेन्द्र कुरुम्बाङ निर्वाचित भएका छन् भने  १३ सदस्यीय समिति निर्वाचित  भएका...

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...