१५ जेठ, काठमाडौं । सरकारले पत्रकारलाई सरकारी अस्पतालमा निःशुल्क उपचार सुविधा पाउने प्रतिवद्धता जनाएको छ ।
आज अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेटमा नेपाल पत्रकार महासंघको सदस्य रहेका पत्रकारलाई सरकारी स्वास्थ्य संस्थामा निशुल्क उपचारको व्यवस्था गर्ने घोषणा गरेका हुन् ।
पत्रकारको उपचारका लागि नेपाल पत्रकार महासंघ, प्रेस काउन्सिललगायतका संस्थासँग समन्वय गरेर कार्य अघि बढाइने अर्थमन्त्री पौडेलले बताए । साथै बजेटमा सञ्चार गृहलाई पनि सहुलियत कर्जाको व्यवस्था गरेको उनले बताएका छन् ।
साथै हाल कोरोना महामारीबाट प्रभावित पत्रकारलाई लेखनवृत्ति सुविधा दिने पनि मन्त्री पौडेलले बजेट भाषणमा बताएका हुन् ।