तिलक वनेम मञ्चबाट निष्कासित

 लिम्बुवान न्युज
                       

दमक, ३१ वैशाख । संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपालका प्रान्तीय सचिवालय सदस्य तिलक वनेम पार्टीबाट साधारण सदस्य समेत नरहनेगरी निष्काशित भएका छन् । शनिबार मञ्चका प्रदेश १ संयोजक तथा अनुशासन विभागका प्रमुख ज्ञान बहादुर गुरुङ्ले विज्ञप्ति जारी गर्दै वनेम पार्टीबाट निस्काशित भएका हुन् ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत लिम्बुवानले गत २०७४ सालको संविधानजारी पश्चातको पहिलो स्थानीय तहको निर्वाचनमा चुलाचुली १ कमलबाट प्यानल नै विजयी हासिल गरेको थियो, तर शुक्रबार सम्पन्न दोस्रो स्थानीय चुनावमा पार्टीको निर्णय विपरित उम्मेदवारी दिएको हुँदा आजैको मितिदेखि लागू हुने गरी पार्टीबाट निश्कासित गरिएको विज्ञप्तिमा उल्लेख छ ।

लिम्बुवान आन्दोलनका प्रथम शहिद राजकुमार आङ्देम्बेको जन्मभूमि चुलाचुली १ मा आमजनताको चाहना अनुरुप निवर्तमान वडाध्यक्ष पूर्ण लावतीलाई नै मञ्चले टिकट दिने तय भएपश्चात पटकपटक सहजीकरण गरेतापनि वनेमले आफ्नो उम्मेदवारी फिर्ता नलिने संगठनको विरुद्ध अघि बढ्ने दृढता व्यक्त गरेको हुँदा मञ्चको विधान २०६२ (पहिलो २०६४, दोस्रो २०७३ र तेस्रो २०७८ संसोधन सहित ) को धारा ४० अनुसार अनुशासनको कार्बाही गरि आजकै मिति देखि लागूहुनेगरी मञ्चको साधारण सदस्य समेत नरहने गरि निष्काशन गरिएको बिज्ञप्ति मार्फत जनाइएको छ ।

वनेमले अर्कै पार्टीको चुनावचिन्हबाट उम्मेदवारी दिई चुनावमा सरिक भएको दिनदेखि नै स्वत पार्टी परित्याग गरेको ठहरिएतापनि राजनैतिक दलको विधान बमोजिम कारवाही गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

वनेम स्थानीय तहको निर्वाचनमा राष्ट्रिय जनमुक्ति पार्टीको चुनाव चिन्ह घरबाट वडाध्यक्ष पदमा चुनाव लडेका छन् ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...