तिलक वनेम मञ्चबाट निष्कासित

,   लिम्बुवान न्युज
                       

दमक, ३१ वैशाख । संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपालका प्रान्तीय सचिवालय सदस्य तिलक वनेम पार्टीबाट साधारण सदस्य समेत नरहनेगरी निष्काशित भएका छन् । शनिबार मञ्चका प्रदेश १ संयोजक तथा अनुशासन विभागका प्रमुख ज्ञान बहादुर गुरुङ्ले विज्ञप्ति जारी गर्दै वनेम पार्टीबाट निस्काशित भएका हुन् ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत लिम्बुवानले गत २०७४ सालको संविधानजारी पश्चातको पहिलो स्थानीय तहको निर्वाचनमा चुलाचुली १ कमलबाट प्यानल नै विजयी हासिल गरेको थियो, तर शुक्रबार सम्पन्न दोस्रो स्थानीय चुनावमा पार्टीको निर्णय विपरित उम्मेदवारी दिएको हुँदा आजैको मितिदेखि लागू हुने गरी पार्टीबाट निश्कासित गरिएको विज्ञप्तिमा उल्लेख छ ।

लिम्बुवान आन्दोलनका प्रथम शहिद राजकुमार आङ्देम्बेको जन्मभूमि चुलाचुली १ मा आमजनताको चाहना अनुरुप निवर्तमान वडाध्यक्ष पूर्ण लावतीलाई नै मञ्चले टिकट दिने तय भएपश्चात पटकपटक सहजीकरण गरेतापनि वनेमले आफ्नो उम्मेदवारी फिर्ता नलिने संगठनको विरुद्ध अघि बढ्ने दृढता व्यक्त गरेको हुँदा मञ्चको विधान २०६२ (पहिलो २०६४, दोस्रो २०७३ र तेस्रो २०७८ संसोधन सहित ) को धारा ४० अनुसार अनुशासनको कार्बाही गरि आजकै मिति देखि लागूहुनेगरी मञ्चको साधारण सदस्य समेत नरहने गरि निष्काशन गरिएको बिज्ञप्ति मार्फत जनाइएको छ ।

वनेमले अर्कै पार्टीको चुनावचिन्हबाट उम्मेदवारी दिई चुनावमा सरिक भएको दिनदेखि नै स्वत पार्टी परित्याग गरेको ठहरिएतापनि राजनैतिक दलको विधान बमोजिम कारवाही गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

वनेम स्थानीय तहको निर्वाचनमा राष्ट्रिय जनमुक्ति पार्टीको चुनाव चिन्ह घरबाट वडाध्यक्ष पदमा चुनाव लडेका छन् ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;