दमक–२ मा एमाले विजयी, प्रमुख र उपप्रमुखमा गठबन्धन अगाडि

,   लिम्बुवान न्युज
                       

दमक, २ जेठ । दमक २ मा एमालेका प्रजापति सापकोटा पुनः वडाध्यक्षमा विजयी भएका छन् । उनले एक हजार चार सय २७ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी माओवादीका रुद्र कार्कीले एक हजार तीन सय ९० मत पाए ।

यो वडामा महिला सदस्यबाहेक सबै एमालेले जितेको छ । यसअघि दमक–१ मा एमाले र दमक–१० मा कांग्रेसले जित निकालेको छ ।

यद्यपि, प्रमुख र उपप्रमुखमा भने गठबन्धन अगाडि छ । प्रमुखमा गठबन्धनको तर्फबाट राप्रपाका राम थापाले पाँच हजार ९१ मत ल्याएका छन् । एमालेकी गीताकुमारी अधिकारीले चार हजार चार सय ९५ मतका साथ थापालाई पछ्याइरहेकी छिन् ।

उपप्रमुखमा गठबन्धनको तर्फबाट कांग्रेसकी रेगिना भट्टराईले चार हजार नौ सय ४३ मत पाएकी छिन् । एमालेकी अम्बिका खनालले चार हजार तीन सय ४४ मतका साथ पछ्याइरहेका छन् ।

दमक एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर भएकाले एमालेको यो प्रतिस्पर्धा प्रतिष्ठाको प्रतिस्पर्धा हो । प्रजातन्त्र पुनर्स्थापना भएपछि यसअघिका सबै स्थानीय निर्वाचनमा यहाँ एमालेले जित्दै आएको छ ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;