झापाको कमल गाउँपालिकामा सहमति, भोलिबाट मत गणना गरिने

 लिम्बुवान न्युज
                       

दमक, ३ जेठ । झापाको कमल गाउँपालिकामा सोमबार रातिदेखि रोकिएको मतगणना पुनः सुरु गरिने भएको छ । भोलि बुधबारबाट गणना सुरु गर्ने सर्वदलीय बैठकले निर्णय गरेको जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसीकुमार नेपालले जानकारी दिए ।

मतगणनाको क्रममा एमालेले प्राप्त गरेको मतभन्दा धेरै जोडेको भन्दै गठबन्धनले गणना रोकेका थिए। प्रमुख जिल्ला अधिबारी छविलाल रिजाल, निर्वाचन कार्यालय झापाका प्रमुखसहित बसेको बैठकले भोलिबाट गणना सुरु गर्ने निर्णय गरेको हो। गणनामा निर्वाचन अधिकृत र सहायक निर्वाचन अधिकृतबाहेकका सबै कर्मचारी परिवर्तन गर्ने सहमति भएको छ ।

’जिल्लाबाट कर्मचारी खटाएर गणना गर्ने सहमति भएको छ,’ नेपालले भने। कमल गाउँपालिकामा ३ वटा वडाको गणना सकिएको थियो। दुईवटा वडामा गठबन्धन र एउटामा एमाले विजयी भएको छ। अध्यक्षमा गठबन्धनका हुकुमसिंह राई अगाडि छन् । निर्वाचन कार्यालयले अब यस्तो गल्ती नदोहो¥याउने प्रतिबद्धता जनाएको अध्यक्षका प्रत्यासी हुकुमसिंह राईले बताए ।

’निर्वाचन अधिकृत र सहायक निर्वाचन अधिकृत आयोगले नै परिवर्तन गर्नुपर्ने रहेछ । उहाँहरूबाहेक बाँकी कर्मचारी परिवर्तन गर्ने सहमति भएको छ,’ उनले भने,’ वडा नम्बर १ देखि ३ सम्मकै अंक रिटोटलिङ गर्ने सहमति पनि भएको छ ।’

गौरीगन्जमा सोमबार बिहानबाट गणना स्थगित छ । मतदान सकिएपछि गरिएको मुचुल्का र गणना गर्दाको मतपत्रमा संख्या नमिलेपछि कांग्रेसले अवरोध गरेपछि गणना स्थगित छ । त्यहाँ पनि सहमतिको प्रयास भइरहेको नेपालले बताए। यसअघि दुई दिनदेखि स्थगित भएको शिवसताक्षी नगरपालिकाको मत गणना पनि सुचारु भइसकेको छ ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...