चुलाचुली पालिकामा पुरानो नेतृत्वलाई विदाई

 लिम्बुवान न्युज
                       

५ जेठ, चुलाचुली / इलामको चुलाचुली गाउँ पालिकाको पुरानो नेतृत्वलाई विदाई तथा नव निर्वाचित अध्यक्षलाई निर्वाचन आयोगद्वारा निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्ने कार्यक्रम सम्पन्न भएको छ ।

बिहीबार नव निर्वाचित पालिका अध्यक्ष राजेन्द्र केरुङलाई वर्तमान पालिका अध्यक्ष प्रदिपचन्द्र राईद्धारा दोसला ओडाएर कार्यालयमा स्वागत गरेका थिए भने, निर्वाचन अधिकृत तेज प्रकाश प्रसाईले प्रमाण पत्र प्रदान गर्नु भएको थियो ।

भोलि ६ गते बेलुकी ५ बजे गाउँपालिका सभाहलमा अध्यक्षले अन्य निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई शपथ ग्रहण गराउने कार्यक्रम रहेको पालिका प्रशासकीय अधिकृत सुवास श्रेष्ठले जनाएका छन् ।

श्रेष्ठका अनुसार, ‘निर्वाचित अध्यक्ष भोली विहान जिल्लामा शपथ ग्रहण गर्न जाने भएकाले उहाँलाई आजै पालिकाको पुरानो नेतृत्व टिमको विदाई कार्यक्रमको अवसरमा प्रमाण पत्र प्रदान गरेको वताए ।’

२०६४ सालको स्थानीय निर्वाचनमा निर्वाचित पालिका अध्यक्ष प्रदिपचन्द्र राईको नेतृत्वको समय आज साँझ ५ बजेबाट सकिएको हाे ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...