चुलाचुली पालिकामा पुरानो नेतृत्वलाई विदाई

 लिम्बुवान न्युज
                       

५ जेठ, चुलाचुली / इलामको चुलाचुली गाउँ पालिकाको पुरानो नेतृत्वलाई विदाई तथा नव निर्वाचित अध्यक्षलाई निर्वाचन आयोगद्वारा निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्ने कार्यक्रम सम्पन्न भएको छ ।

बिहीबार नव निर्वाचित पालिका अध्यक्ष राजेन्द्र केरुङलाई वर्तमान पालिका अध्यक्ष प्रदिपचन्द्र राईद्धारा दोसला ओडाएर कार्यालयमा स्वागत गरेका थिए भने, निर्वाचन अधिकृत तेज प्रकाश प्रसाईले प्रमाण पत्र प्रदान गर्नु भएको थियो ।

भोलि ६ गते बेलुकी ५ बजे गाउँपालिका सभाहलमा अध्यक्षले अन्य निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई शपथ ग्रहण गराउने कार्यक्रम रहेको पालिका प्रशासकीय अधिकृत सुवास श्रेष्ठले जनाएका छन् ।

श्रेष्ठका अनुसार, ‘निर्वाचित अध्यक्ष भोली विहान जिल्लामा शपथ ग्रहण गर्न जाने भएकाले उहाँलाई आजै पालिकाको पुरानो नेतृत्व टिमको विदाई कार्यक्रमको अवसरमा प्रमाण पत्र प्रदान गरेको वताए ।’

२०६४ सालको स्थानीय निर्वाचनमा निर्वाचित पालिका अध्यक्ष प्रदिपचन्द्र राईको नेतृत्वको समय आज साँझ ५ बजेबाट सकिएको हाे ।

सम्बन्धित समाचार

पहिचान आन्दोलनका प्रथम शहीद पदमकुमार लिम्बुको शहादत्ताको चर्चाः समाधिस्थल लगायत विभिन्न स्थानमा स्मृतिसभा सम्पन्न

दमक, १० चैत्र । प्रदेश नं. १ को नामाङकन कोशी राखेसँगै उठेको पहिचानवादी आन्दोलनको प्रथम सहिद पदमकुमार लिम्बू (लाजेहाङ) शहादत्त भएको आज एक बर्ष पुरा भएको छ । शहीद लाजेहाङको साहदतको चर्चा गर्दै शनिबार मोरङको...

महागुरु फल्गुनन्दको समाधिमा शालिक नराख्न संघको अनुरोध

दमक, १० चैत्र । पाँचथर जिल्लाको फाल्गुनन्द गाउँपालिकास्थित वडा नं. २ र ३ तथा फिदिम नपा वडा नं. ३ को संगम स्थल सिलौटीमा राष्ट्रिय विभूती महागुरु फाल्गुनन्दको शालिक नराख्न सो क्षेत्र संरक्षण गर्दै आएका किराती...

इलाम २ मा पत्रकार मिलन लिम्बुको स्वतन्त्र उम्मेदारी घोषणा

दमक, ४ चैत्र । नेपाल आदिवासी जनजाती पत्रकार महासंघका केन्द्रीय महासचिव मिलन लिम्बूले इलाम २ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा उम्मेदवारी घोषणा गरेका छन् । आइतबार काठमाडौं अनामनगरस्थित युनियन हाउसमा आयोजित पत्रकार सम्मेलनमा उनले उपनिर्वाचनमा स्वतन्त्र...

इलाम २ मा डकेन्द्रसिंह थेगीम लिम्बु पहिचान पक्षधरहरुको साझा उम्मेदवार घोषणा

ललितपुर, चैत्र ३ । ‘कोशी’ नाम विरुद्व आन्दोलनरत प्रदेश नं. १ पुनः नामाङकन संयुक्त संघर्ष समितिले पहिचान पक्षधरहरुको आसन्न इलाम क्षेत्र नम्बर २ को प्रतिनिधिसभा उपनिर्वाचनमा साझा उम्मेदवार घोषणा गरेका छन् । संघर्ष समितिले बिहीबार...