दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न
दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न ।

दमक, ७ जेठ । शुक्रबारको दिन किरातीहरुको महान चाड उभौली (जत्ना ष्याँदर) को उपलक्ष्यमा सुनुवार सेवा समाज नगर समिति शिवसताक्षी नगरपालिका, झापाको आयोजनामा जत्ना ष्याँदर पिदार (उभौली पुजा) थान उदघाटन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । शिवसताक्षीको झिलझिलेस्थित रहेको किरात पार्क भित्रको ष्याँदर खिँ मा भव्यताको साथ सुनुवारहरुले मनाएका हुन् ।
यो चाड हरेक बर्षको बैशाख महिनाको शुक्ल पूर्णिमाको दिनदेखि एक महिना सम्म मनाउने गर्छन् । यो चाडमा एकल वा सामुहिक रूपले आ–आफ्नो इष्ट देवीदेउता, प्रकृति र पितृको पुजाआजा गर्दै मानव बस्तीमा कुनै रोगब्याधी नलागोस, कुनै प्राकृतिक बिपत्ति आईनपरोस, राम्रो मौसम भई लगाएको अन्नबाली सप्रियोस राम्रो होस् भनी सिद्धिशक्ति तथा सह माग्ने र सह बोकेर घर भित्राउने गरिन्छ ।

क्रममा प्रमुख अतिथि झापा जिल्ला अध्यक्ष अबिरमान सुनुवारले “अब आउँदा दिनहरुमा सुनुवार सेवा समाजले आफ्नो पहिचान, भाषा, धर्म, लिपी र संकार, संस्कृतिको लागि विभिन्न योजनाहरु बनाई एकताबद्ध रुपमा एक भएर अघि बढ्ने र वडा, गाउँ, नगर, जिल्ला भरी विभिन्न कार्यक्रम तथा तालिम जागरण अभियान कार्यक्रमहरु ल्याउने “ बताए । भने शिवसताक्षी नगर अध्यक्ष भिमबहादुर सुनुवारले “ हाम्रो कोइँच (सुनुवार)हरुको संस्कार र संस्कृति जगेर्नाको निम्ति अब आउदा दिनहरुमा सबै सँग हातमा हात साथमा साथ लिएर ष्याँदर पिदारको निम्ति ढोल, झ्याम्टा, बाजागाजा र भेषभूषाको खरिद र निर्माण गरि प्रत्येक सुनुवार जातिको घरबाट कम्तीमा एकजनाको प्रतिनिधित्व हुने गरि सिल (नाँच)हरु सिकाएर सुनुवारहरुको पहिचानहरु झल्काउने प्रतिबद्धता गर्नुभयो ।
पहिले पूर्खाहरुले आरु फुलेको याममा यो कार्य गर्ने गर्दथे । यी सुनुवार जातिहरुले प्रकृति र आफ्ना इष्ट देवी देउता पितृ पुर्खाहरुलाई आफ्नै भाषाबाट मुन्धुम फलाक्दै पुकार्ने र पुज्ने गर्दछन् । यो ष्याँदर पिदार नाम्दार (पुजाआजा) मुन्धुमी न्हाँसो (पुजारी) द्वारा गरिन्छ ।
उक्त ष्याँदर पिदार कार्यक्रम सुनुवार सेवा समाज नगर समिति शिवसताक्षीका अध्यक्ष भिमबहादुर सुनुवार (लिनोच) को सभाध्यक्षता र सुसेस झापा जिल्ला अध्यक्ष अबिरमान सुनुवारको प्रमुख आतिथ्यता भएको थियोे ।
कार्यक्रममा सुसेस केन्द्रीय समितिका पूर्व उपाध्यक्ष सन्तकुरी सुनुवार, सुसेस विर्तामोड नगर समितिका अध्यक्ष मनु सुनुवार, सुसेस कमल गाउँँपालिका अध्यक्ष अशोक सुनुवार, ष्याँदर मुल न्हाँसो तथा पोइँबो लोककुमार सुनुवार लगायतका विशेष उपस्थिति रहेको थियो ।
कार्यक्रममा ष्याँदर थानको उद्घाटन र ष्याँदर थान निर्माणको लागि आर्थिक रुपमा सहयोग गर्नुहुने सहयोग दाताहरुलाई प्रमाणपत्र तथा सम्मान पत्र खादा ओढाएर सर–सम्मान गरियो । कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष मानबहादुर सुनुवारले वाचन गर्नुभएको थियो ।
राज्यले त हामीलाई शोषित र दमनमा राख्यो राख्यो अब हामी आफै क्रान्तिको आवाज लिएर हाम्रो सांस्कृतिक पहिचान झल्काउदै विश्वसामु परिचित हुनेछौं ।“ भन्ने कुरा कार्यक्रमको सभा विसर्जनमा भन्नुभएको थियोे । उक्त कार्यक्रममा सञ्चालन सुसेस शिवसताक्षी नगर समितिका सचिव योन्देन सुनुवारले गरेका थिए ।
दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न ।
दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...
दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...
विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...