प्रेस यूनियनको स्थापना दिवसमा ३३ पिन्ट रगत संकलन

 लिम्बुवान न्युज
                       


दमक, १३ जेठ । आज शुक्रवार दमकमा आयोजना गरिएको खुल्ला रक्तदान कार्यक्रममा ३३ पिन्ट रगत संकलन भएको छ । लोकतन्त्रवादी पत्रकारहरुको छाता संगठन नेपाल प्रेस यूनियनको ३१ औ स्थापना दिवसका अवसर पारेर आयोजना गरिएको रक्तदानमा ६ महिलासहित ३३ जनाले रगतदान गरेको यूनियन माईपश्चिम क्षेत्रीय समितिका अध्यक्ष बिष्णु सुब्बाले जानकारी दिए ।

स्थानीय गणतन्त्रचौंकमा आयोजना गरिएको रक्तदानमा यूनियनका अध्यक्ष सुब्बासहित नेपाल विद्यार्थी संघ दमक नगर सभापति बिशाल अधिकारी, नेपाल यातायात मजदुर संघ झापाका अध्यक्ष गान्धी भण्डारी, जीवन चक्र समाजका अध्यक्ष गणेश गौतम, नेपाल यातायात मजदुर संघ हलुका विारी चालक समितिका अध्यक्ष तुलसी प्रसाद दाहाल, अग्रज रक्तदाता ओमप्रकाश गौतम, सञ्चारकर्मीहरु नगेन्द्रमणी न्यौपाने, बिष्णु पौडेल, जीवन चुडाल ,रोममणी लामिछाने, सुजन केसी, बिष्णुभक्त लामिछाने लगायतले रगतदान गरेका थिए । रक्तदाता मध्ये अग्रज ओमप्रकाश गौतमले आज गरि ४२ औ पटक रगत दिएका छन् भने रक्तदाता प्रेस चौतारीका जिल्ला सदस्य जीवन र सुजन भने दम्पत्ती हुन् । रक्तदाताहरुलाई प्रंशसापत्र समेत वितरण गरिएको कार्यक्रम संयोजक गिरीराज भट्टराईले बताए ।

दमक नगरपालिकाका प्रमुख राम थापाको प्रमुख आतिथ्यता तथा उपप्रमुख रेगीना भट्टराई प्रसाईको विशिष्ट आतिथ्यतामा भएको रक्तदान शुभारम्भ कार्यक्रममा उपप्रमुख भटटराई, प्रेस चौतारी १ नम्बर प्रदेश कमिटीका महासचिव गोपाल झापाली, जीवनचक्र समाजका अध्यक्ष गणेश गौतम, रक्तसञ्चार सेवा केन्द्रका प्रवद्र्धक सिद्धार्थ दाहाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

स्थानीय तहको निर्वाचन लगायतको चुनावी गतिविधिका कारण रक्तदान प्रभावित भई कतिपय अस्पतालमा विरामीलाई रगत पाउन बाट समस्या हुदैआएकाले त्यसैलाई लक्षित गरि रक्तदान कार्यक्रमको आयोजना गरिएको अध्यक्ष सुब्बाले बताए । रक्तदान नेपाल रेडक्रस सोसाईटी दमक उपशाखा रक्तसञ्चार सेवा केन्द्रको प्राविधिक सहयोगमा भएको थियो । यूनियनको माइपश्चिम क्षेत्रीय समितिले पेशागत बृद्धिबिकास संगै विभिन्न सामाजिक तथा परोपकारी कार्यहरु समेत सञ्चालन गरिआएको छ ।

सम्बन्धित समाचार

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...