नेपाली चलचित्र ‘लोरी’ले कान्समा जित्यो ‘स्पेसल मेन्सन’ अवार्ड

,   लिम्बुवान न्युज
                       

लाेरीका निर्देशक अविनाश विक्रम शाह

१० जेठ, काठमाडौं । विश्व प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा नेपाली चलचित्रले पहिलोपटक अवार्ड जितेको छ । अविनाश विक्रम शाहद्वारा निर्देशित चलचित्र ‘लोरी’ले सर्ट फिल्म विधातर्फ ‘स्पेसल मेन्सन’ अवार्ड जितेको हो ।
यही विधाको मुख्य अवार्ड पाम दे ओर चाहिँ चीनको १५ मिनेट लामो फिल्म ‘द वाटर मर्मस’ले जितेको छ । जित घोषणापछि अवार्ड लिन निर्देशक शाह कान्सकै मञ्चमा पुगेका थिए ।
नेपाली फिल्मले पहिलोपटक कान्समा औपचारिक रुपमा भाग लिएको थियो र पहिलो अवसरमै अवार्ड पनि जित्न सफल भएको छ ।
चलचित्रमा एक आमाले आफ्नी १२ वर्षकी छोरीलाई शान्त तुल्याउन लोरी गाउँछिन् । जब लोरी समाप्त हुन्छ र छोरी होसमा आउँछिन् वास्तविकता धेरै डरलाग्दो र जीवन परिवर्तन गर्ने देखिन्छ । कथा उत्कृष्ट भए रहेको छ ।
चलचित्रको स्क्रिप्ट र डायलग स्वयं शाहले लेखेका हुन् भने छायांकन उज्वलकुमार बस्ताकोटीले गरेका हुन् । अंकिता यादव, सुजिता साह र प्रीति झाको अभिनय रहेको यो फिल्म नेपालको अन्डरग्राउन्ड टकिज र हङकङको पेट्रा फिल्मसले संयुक्तरुपमा निर्माण गरेका हुन् ।
मुख्य प्रतिस्पर्धातर्फको अवार्ड पाम दे ओरचाहिँ रुबेन ओस्टलन्डले ‘ट्रयांगल अफ स्याडनेस’बाट जिते । उनको यो दोस्रो पाम दे ओर हो । यसअघि उनले सन् २०१७ मा ‘द स्क्वायर’बाट अवार्ड जितेका थिए ।
११ दिनसम्म चलेको कान्समा यसपटक नेपालकी अभिनेत्री सुरक्षा पन्तले आफू अभिनित इटाली र बेल्जियमको फिल्म ‘द एइट् माउन्टेन्स’बाट प्रतिनिधित्व गर्दै रेडकार्पेट नापेकी थिइन् । उनी नेपालबाट कान्समा रेडकार्पेट नाप्ने पहिलो कलाकार समेत बनेकि थिइन् ।

सम्बन्धित समाचार

प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज न्युयोर्क प्रस्थान गर्दै

काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...

‘के सन्देश बोकी ल्यायौ’ गीतको भिडियो सार्वजनिक

दमक, ६ असाेज। सञ्जीवनीको स्वरमा सजिएको नयाँ गीत ‘के सन्देश बोकी ल्यायौ...’ को आधिकारिक सांगीतिक भिडियो (म्युजिक भिडियो) सार्वजनिक गरिएको छ। झापाको दमकस्थित जोड्ग्री होटलमा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त भिडियोको औपचारिक विमोचन गरिएको...

कियाचुद्वारा ‘पेलिफाङ्साम् सङ्जुम्भो’ तदर्थ समिति गठन, मुन्धुमी ज्ञानको संरक्षण र पुस्तान्तरण गरिने

ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...

तीन पालिकाको साझेदारीमा दमक–चिसोपानी सडक मर्मत, यातायात सञ्चालनमा सहजता

दमक, ५ भदाैं। वर्षाका कारण क्षतिग्रस्त बनेको दमक–चिसोपानी सडक (फाल्गुनन्द मार्ग) को माङसेबुङ खण्ड मर्मत गरिएपछि यातायात सञ्चालनमा सहजता आएको छ। तीनवटा गाउँपालिकाको संयुक्त लगानी र समन्वयमा सडक मर्मतसम्भार गरिएपछि रोकिएका सवारी साधनहरू पुनः सञ्चालनमा...

;