चौविसेमा ‘लिम्बु आदिवासी समुदायको समाधिस्थलको वर्तमान अवस्था’ बारे छलफल

 लिम्बुवान न्युज
                       

चौविसे, धनकुटा, १५ जेठ । धनकुटाको चौविसेगाउँपालिकामा ‘लिम्बू आदिवासी समुदायको समाधिस्थलको वर्तमान’ अवस्था बारे छलफल तथा अन्तरक्रिया कार्यक्रम भएको छ । आइतबार चौविसस्थित राजारानीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

किरात याक्थुङ चुम्लुङ जिल्ला कार्यसमिति धनकुटाको आयोजनामा सम्पन्न भएको कार्यक्रममा किरात याक्थुङ चुम्लुङका संघीय उपाध्यक्ष गोविन्द आङ्बुङ, सचिवद्वय यासेली योङ्हाङ, भवानी सम्बाहाम्फे, राष्ट्रिय सदस्य सागर केरुङ, लिम्बुवान प्रदेश समितिका सदस्य जया चेम्जोङ लगायतको उपस्तिथि रहेको थियो ।

कार्यक्रम कियाचु धनकुटा जिल्लाका अध्यक्ष कमलसिङ तिगेलाले अध्यक्षतामा भएको थियो । उक्त अवसरमा स्थानीय कलाकारहरुले लिम्बु मौलिक संस्कृतिक केलाङ समेत प्रस्तुत गरेका थिए ।

सम्बन्धित समाचार

निर्देशक केरूङ सम्मानित

दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...

चुलाचुली गाउँपालिका लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्दै

दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...