झापाका बजार रात्रिकालीन बनाउँन माग

 लिम्बुवान न्युज
                       

दमक, १६ जेठ / झापाका प्रमुख व्यावसायिक केन्द्र बिर्तामोड र दमकमा रात्रिकालीन व्यवसाय सञ्चालनको वातावरण बनाउनुपर्ने माग उठ्न थालेको छ । सुरक्षालगायतका कारणले साँझ नपर्दै बजार बन्द गर्दै आएका व्यवसायीले कम्तीमा पनि राति १० बजेसम्म व्यापार व्यवसाय सञ्चालन गर्ने वातावरणको माग हुन थालेको छ ।

भरपर्दो सुरक्षा व्यवस्था र यातायातको सहजता भए राति अबेरसम्म व्यापार व्यवसाय चलाउन सकिन्छ, झापाका पुराना व्यवसायी एवं नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वकेन्द्रीय सदस्य उमेश डालमियाले भने “जिल्लाको प्रमुख व्यापारिक केन्द्र बिर्तामोड बेलुका अबेरसम्म खुला राख्नका लागि अब सबै सरोकारवालाले सोच्नुपर्छ,” उनले भने ।

बिर्तामोड बजार हप्तामा एक दिन वाणिज्य सङ्घको आग्रहमा बन्द हुँदै आएकोमा अब यो पनि खुलाउनुपर्ने माग उठ्न थालेको छ । “सोमबार खुल्दै आएको बिर्तामोड बजार अब बन्द नगर्न व्यवसायीको माग छ । शनिबार र आइतबार सार्वजनिक बिदा र सोमबार बजार बन्द हुँदा ठूलो मार पर्ने अवस्था छ,” मेची डिस्ट्रिब्युटर्स एसोसिएसनका अध्यक्ष राजेन्द्र थापाले भने ।

झापाको दमक बजार हरेक शुक्रबार बन्द हुँदै आएको छ । शनिबार र आइतबार सरकारी बिदा भएकाले अब शुक्रबार बजार बन्द हुन नहुने व्यवसायीले माग गर्न थालेका छन् । दमक उद्योग वाणिज्य सङ्घका पूर्ववरिष्ठ उपाध्यक्ष विमल खतिवडाका अनुसार समयसापेक्ष रूपमा व्यवसायलाई चलायमान बनाउनुपर्छ ।

उनले दमकमा रात्रिकालीन व्यवसाय गर्नका लागि पाँच वर्षअघिदेखि प्रयास हुँदै आए पनि सम्भव नभएको बताए । “हामीले बारम्बार रात्रिकालीन व्यवसाय सञ्चालनका लागि माग गरेका हौँ तर भरपर्दो सुरक्षा व्यवस्थापनको सुनिश्चित भएन,” उनले भने ।
सङ्घका वरिष्ठ उपाध्यक्ष गोपाल गुरागाईंका अनुसार दमकमा शुक्रबार बजार बन्द नगर्ने र बेलुका अबेरसम्म बजार खोल्ने अवस्था सिर्जना गर्ने विषयमा छलफल सुरु भएको बताए ।

चार वर्षअघि रात्रिकालीन व्यवसाय सञ्चालनलाई प्राथमिकतामा राखेर स्थानीय दमक नगरपालिकाले दमकको मुख्य बजार क्षेत्रको सडकलाई पार्कका रूपमा विकास गरेर यसलाई नमुना बजार नामकरण गरेको थियो । केही समय चहलपहल बढे पनि यसको उचित हेरचाह र रेखदेख नभएका कारण फेरि अवस्था उस्तै बनेको छ ।

सडक पार्कको आसपासमा रहेका होटल तथा रेस्टुरेन्ट भने राति अबेरसम्म खुल्ने गरे पनि अन्य पसल खुल्ने गरेका छैनन् ।

सम्बन्धित समाचार

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...