दमकमा भूमि आयोगको जिल्ला सम्पर्क कार्यालय स्थापना

,   लिम्बुवान न्युज
                       

दमक, १६ जेठ । झापाको दमकमा भुमी आयोग जिल्ला समिति झापाको सम्पर्क कार्यालय स्थापना भएको छ । दमक नगरपालिका कार्यालय परिसरमा नगरपालिका र आयोगको समन्वय तथा सहकार्यमा भुमिहिन तथा अव्यवस्थित बसोबासीहरुलाई जग्गा धनी प्रमाण पूर्जा उपलब्ध गराउने कार्यमा सहजताका लागि सो कार्यालय स्थापना गरिएको हो ।

कार्यालयको आयोगका जिल्ला अध्यक्ष तिलकसिंह पाण्डे र दमक नगर प्रमुख राम कुमार थापाले संयुक्त रुपमा उदघाटन गरेका छन ।

उदघाटन कार्यक्रममा आयोगका अध्यक्ष पाण्डेले दमकमा रहेको भुमी सम्बन्धि समस्याको हर् भुमीहिन तथा अव्यवस्थित बसोबासीहरुको प्रमाणिकरण प्रमुख काम भएकाले सो कार्यमा नगरपालिकाले आवश्यक भुमिका निर्वाह गरे जग्गा धनी प्रमाण पूर्जा उपलब्ध गराउन आयोग तयार रहेको बताए ।

दमक नगर प्रमुख थापाले दमकमा भुमी सम्बन्धिका चार किसिमका समस्या रहेको उल्लेख गर्दै चरणबद्ध रुपमा ति समस्याको निराकरण गरिने बताए । उपप्रमुख रेगिना भट्टराई प्रसाइँले यहाँको पुरानो समस्याका रुपमा रहेको सुकुम्बासी समस्या समाधान आफूहरुको पहिलो दायित्व भएको बताइन ।

कार्यक्रममा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि सुरेश सुब्बा र नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी कोषाध्यक्ष गगन पुरीले दमकको पुरानो र साझा समस्याका रुपमा रहेको सुकुम्बासी समस्या समाधान वर्तमन सरकारको प्राथमिकतामा परेको बताए । उनीहरुले दलहरु नागरिकका साझा समस्या समाधान गर्दै बिकासका मुद्धामा एकजुट हुने प्रतिबद्धता व्यक्त गरे ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;