दमकमा भूमि आयोगको जिल्ला सम्पर्क कार्यालय स्थापना

 लिम्बुवान न्युज
                       

दमक, १६ जेठ । झापाको दमकमा भुमी आयोग जिल्ला समिति झापाको सम्पर्क कार्यालय स्थापना भएको छ । दमक नगरपालिका कार्यालय परिसरमा नगरपालिका र आयोगको समन्वय तथा सहकार्यमा भुमिहिन तथा अव्यवस्थित बसोबासीहरुलाई जग्गा धनी प्रमाण पूर्जा उपलब्ध गराउने कार्यमा सहजताका लागि सो कार्यालय स्थापना गरिएको हो ।

कार्यालयको आयोगका जिल्ला अध्यक्ष तिलकसिंह पाण्डे र दमक नगर प्रमुख राम कुमार थापाले संयुक्त रुपमा उदघाटन गरेका छन ।

उदघाटन कार्यक्रममा आयोगका अध्यक्ष पाण्डेले दमकमा रहेको भुमी सम्बन्धि समस्याको हर् भुमीहिन तथा अव्यवस्थित बसोबासीहरुको प्रमाणिकरण प्रमुख काम भएकाले सो कार्यमा नगरपालिकाले आवश्यक भुमिका निर्वाह गरे जग्गा धनी प्रमाण पूर्जा उपलब्ध गराउन आयोग तयार रहेको बताए ।

दमक नगर प्रमुख थापाले दमकमा भुमी सम्बन्धिका चार किसिमका समस्या रहेको उल्लेख गर्दै चरणबद्ध रुपमा ति समस्याको निराकरण गरिने बताए । उपप्रमुख रेगिना भट्टराई प्रसाइँले यहाँको पुरानो समस्याका रुपमा रहेको सुकुम्बासी समस्या समाधान आफूहरुको पहिलो दायित्व भएको बताइन ।

कार्यक्रममा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि सुरेश सुब्बा र नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी कोषाध्यक्ष गगन पुरीले दमकको पुरानो र साझा समस्याका रुपमा रहेको सुकुम्बासी समस्या समाधान वर्तमन सरकारको प्राथमिकतामा परेको बताए । उनीहरुले दलहरु नागरिकका साझा समस्या समाधान गर्दै बिकासका मुद्धामा एकजुट हुने प्रतिबद्धता व्यक्त गरे ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...