सहकारीहरूबीच एकीकरणकाेलागि स्थानीय सरकारद्वारा आग्रह

 लिम्बुवान न्युज
                       

दमक/ सहकारी संस्थाका बिद्यमान समस्याहरुको समाधानका लागि सहकारीहरुबीचको सहकार्यमा जोड दिँदै एकीकरणका लागि समेत पहल कदमी लिन दमकका सहकारी संस्थाहरुलाई स्थानीय सरकारले आग्रह गरेको छ ।
नगरपालिकाले सहकारी संस्थाहरुबीचको एकीकरण प्रकृया र यसबाट हुने फाइदाहरुका बिषयमा सरोकारवालाहरुलाई एकै ठाउँमा राखेर अभिमुखिकरण समेत सञ्चालन गरेको छ । नगरपालिकाको सहकारी शाखाले बिहिबार नगरपालिकाको सभाकक्षमा आयोजना गरेको अभिमुखीकरण कार्यक्रमको उदघाटनमा दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई (प्रसाइँ)ले सहकारी क्षेत्रमा देखिएका समस्याहरुको समाधानका लागि स्वयं सञ्चालक र कर्मचारीहरु बढी जिम्मेवार हुुनुपर्ने औंल्याइन् ।
उपप्रमुख भट्टराईले सहकारीहरुबीचको एकीकरणमा स्थानीय सरकारले जोड दिएको उल्लेख गर्दै बैंक, बिद्यालयहरु समेत मर्ज अर्थात एकीकरणको अभ्यासमा रहेकाले अब सहकारीहरुपनि कसैको व्यक्तिगत स्वार्थका लागि संकटपूर्ण अवस्थाबाट गुज्रिन नहुने सुझाव दिइन् ।कार्यक्रममा जिल्ला सहकारी संघका उपाध्यक्ष प्रेमप्रसाद कोइरालाले सहकारीहरुबीचको एकीकरणका लागि नगरपालिकाले गर्दै आएको प्रयत्नप्रति सहकारी संघ सकारात्मक रहेको धारणा राखे । उनले सहकारी क्षेत्र बदनाम हुनबाट जोगाउनु सबैको साझा दायित्व र जिम्मेवारी भएको पनि उल्लेख गरे ।


कार्यक्रममा दमक नगर सहकारी समन्वय समितिका अध्यक्ष टिकाराज सापकोटाले यस किसिमका औपचारिक गोष्ठी, छलफल , तालिम आदि व्यवहारिक रुपमा पनि उपयोगी हुनुपर्ने सुझाए । उनले व्यवहारिक कार्यान्वयनमा आउने किसिमका कार्यक्रमहरु ल्याउनुपर्ने औंल्याए ।
दमक नगर सहकारी बोर्डका अध्यक्ष पुण्यप्रसाद दाहालको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा दमक नगर सरकारका सहकारी रजिष्टार यज्ञ निरौलाले नगरपालिका यस किसिमका अन्तरक्रियात्मक छलफल र बहसका माध्यमबाट साझा रुपमै सहकारी समस्या हल गर्न प्रयत्नरत रहेको उल्लेख गरे ।
सो अवसरमा कोशी प्रदेश सहकारी विभागका रजिष्टार हरिबहादुर खत्री र अधिकृत मोहन भट्टराईले सहकारी एकीकरण प्रकृयाका बिषयमा बिद्यमान कानुनी अवस्था, सञ्चालक र शेयर सदस्यहरुको भुमिका लगायतका बिषयमा प्रशिक्षण दिएका थिए । अभिमुखीकरणमा दमकमा सञ्चालित विभिन्न ७० वटा सहकारी संस्थाका सञ्चालक, व्यवस्थापकहरुको सहभागिता रहेको सहकारी शाखा प्रमुख इच्छाराम चम्लागाइँले जानकारी दिए ।
सो अवसरमा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष तुलाराम न्यौपानेसहित नगरपालिकाको सहकारी बिकास बोर्डका सदस्यहरुको आतिथ्य रहेको थियो ।

सम्बन्धित समाचार

लोक गायक एलपी जोशीको निधन

दमक, ११ असार । दमक निवासी लोकप्रिय लोक गायक लक्ष्मीप्रसाद (एलपी) जोशीको निधन भएको छ । बिहीबार ८८ वर्षीया गायक तथा गीतकार जोशीको झापाको विर्तामोडमा निधन भएको हो । वि.सं. १९९३ सालमा धनकुटा बजारमा जन्मिएका...

सौर्य एयरलाइन्सको जहाज दुर्घटना २२ जनाको मृत्यु

काठमाडौँ । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा २२ जनाको मृत्यु भएको छ । नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता हंशराज पाण्डेले २२ जनाको मृत्यु भएको पुष्टि गरे । काठमाडौँबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको ९एन एएमई जहाज बुधबार...

पूर्व मन्त्री किराती पहिचानवादी मोर्चामा आबद्धः तेस्रो जनआन्दोलनको चेतावनी

दमक, ८ साउन । पूर्वमन्त्री गोपाल किराती डा. महेन्द्र लावतीको पहिचानवादी मोर्चामा अबद्ध भएका छन् । सोमबार काठमाडौंस्थित रिपोटर्स क्लवमा आयोजित पत्रकार सम्मेलनमा उनीहरुसहित नेकपा एकीकृत समाजवादी लिम्बु संघका इन्चार्ज कृष्ण चोङबाङ, दलित अधिकारकर्मी डा....

प्रधानमन्त्री केपी ओली सहित नवनियुक्त मन्त्रीहरुले गरे पदभार ग्रहण

दमक, ३१ असार । नवनियुक्त मन्त्रीहरूले पदभार ग्रहण गरेका छन् । शितल निवासमा राष्ट्रपति समक्ष पद तथा गोपनीयताको शपथ लिएसँगै उनीहरूले आ–आफूले पाएका मन्त्रालयको जिम्मेवारी सम्हालेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले २२ सदस्यीय मन्त्रिपरिषद्...