आज २५६८औं बुद्ध जयन्तीः विश्वभरी विविध कार्यक्रम गरी मनाईदै

 लिम्बुवान न्युज
                       

ललितपुर, १० जेष्ठ । शान्तिका अग्रदूत एसियाका ताराका रुपमा विश्वमा परिचित सिद्धार्थ गौतम अर्थात् गौतम बुद्धको आज २५६८ औं जयन्ती विश्वभरि विविध कार्यक्रम गरि मनाइँदैछ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती मनाउने परम्परा रहेको छ ।
भगवान बुद्धले विश्व शान्ति स्थापनाका लागि पु¥याएको योगदानको सम्मान गर्दै यो पर्व मनाउने गरिएको हो । ‘अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो’ यस्ता बुद्धका आठ उपदेशहरु अहिलेपनि विश्वमा प्रशिद्ध छ । नेपालका बौद्ध धर्मावलम्बीहरुले आजको दिनलाई विशेष दिनको रुपमा बुद्धलाई सम्झेर बौद्ध विहार, गुम्बा, चैत्य लगायत बौद्ध धार्मिक स्थलहरु लगायत विभिन्न जार्तीहरुले आ–आफ्ना गुम्बाहरुमा हर्सोउल्लासका साथ आज जयन्ती मनाइदैछ ।
यस्तै आजका दिन नेपालमा मात्र हैन बुद्ध धर्म मान्ने सबै राष्ट्रहरुले समेत बुद्धजयन्ती मनाउने परम्परा रहेको छ । छिमेकी देशहरु चीन, भारत, श्रीलंका, भूटान, माल्दिपस त्यसैगरी जापान, थाइलेण्ड, अमेरिका, कोरिया, भियतनाम, लाओस, सिंगापुर, बेलायत, लगायत विश्वका देशहरुमा बुद्धलाई भगवानको रुपमा मान्ने गरिएको छ ।
नेपाल लगायत विश्वमा रहेका बौद्ध धर्मावलम्बीहरुले बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण अर्थात् निधन वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाल लगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् ।
यस अवसरमा गौतमबुद्धको जन्मस्थल लुम्बिनी, काठमाडौंको स्वयम्भू, बौद्धलगायत स्थलमा लाखौंको उपस्थितिमा विविध कार्यक्रम आयोजना गरि मनाइदैछ ।
इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६८ वर्षअघि रुपन्देहीको .लुम्बिनी उद्यानमा पिता राजा शुद्धोधन र माता मायादेवीको सन्तानको रुपमा वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको थियो । राजकुमारका रुपमा जन्म लिएका सिद्धार्थ गौतम मानिसले पाएका अनेकौं दुःख देखेर चिन्तित भई २९ वर्षको उमेरमा दरबार छोडी तपस्याका लागि निस्किएको बताइन्छ ।
बुद्धजयन्तीको अवसरमा बेलुकी घरमा दीपावली गरेर बुद्ध जयन्ती मनाउन सरकारले सबैलाई आह्वान गरेको छ । आज बुद्ध जयन्ती र किरातीहरुको उभौली पर्व एकै दिन परेको छ । सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ ।

सम्बन्धित समाचार

लोक गायक एलपी जोशीको निधन

दमक, ११ असार । दमक निवासी लोकप्रिय लोक गायक लक्ष्मीप्रसाद (एलपी) जोशीको निधन भएको छ । बिहीबार ८८ वर्षीया गायक तथा गीतकार जोशीको झापाको विर्तामोडमा निधन भएको हो । वि.सं. १९९३ सालमा धनकुटा बजारमा जन्मिएका...

सौर्य एयरलाइन्सको जहाज दुर्घटना २२ जनाको मृत्यु

काठमाडौँ । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा २२ जनाको मृत्यु भएको छ । नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता हंशराज पाण्डेले २२ जनाको मृत्यु भएको पुष्टि गरे । काठमाडौँबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको ९एन एएमई जहाज बुधबार...

पूर्व मन्त्री किराती पहिचानवादी मोर्चामा आबद्धः तेस्रो जनआन्दोलनको चेतावनी

दमक, ८ साउन । पूर्वमन्त्री गोपाल किराती डा. महेन्द्र लावतीको पहिचानवादी मोर्चामा अबद्ध भएका छन् । सोमबार काठमाडौंस्थित रिपोटर्स क्लवमा आयोजित पत्रकार सम्मेलनमा उनीहरुसहित नेकपा एकीकृत समाजवादी लिम्बु संघका इन्चार्ज कृष्ण चोङबाङ, दलित अधिकारकर्मी डा....

प्रधानमन्त्री केपी ओली सहित नवनियुक्त मन्त्रीहरुले गरे पदभार ग्रहण

दमक, ३१ असार । नवनियुक्त मन्त्रीहरूले पदभार ग्रहण गरेका छन् । शितल निवासमा राष्ट्रपति समक्ष पद तथा गोपनीयताको शपथ लिएसँगै उनीहरूले आ–आफूले पाएका मन्त्रालयको जिम्मेवारी सम्हालेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले २२ सदस्यीय मन्त्रिपरिषद्...