आज २५६८औं बुद्ध जयन्तीः विश्वभरी विविध कार्यक्रम गरी मनाईदै

,   लिम्बुवान न्युज
                       

ललितपुर, १० जेष्ठ । शान्तिका अग्रदूत एसियाका ताराका रुपमा विश्वमा परिचित सिद्धार्थ गौतम अर्थात् गौतम बुद्धको आज २५६८ औं जयन्ती विश्वभरि विविध कार्यक्रम गरि मनाइँदैछ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती मनाउने परम्परा रहेको छ ।
भगवान बुद्धले विश्व शान्ति स्थापनाका लागि पु¥याएको योगदानको सम्मान गर्दै यो पर्व मनाउने गरिएको हो । ‘अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो’ यस्ता बुद्धका आठ उपदेशहरु अहिलेपनि विश्वमा प्रशिद्ध छ । नेपालका बौद्ध धर्मावलम्बीहरुले आजको दिनलाई विशेष दिनको रुपमा बुद्धलाई सम्झेर बौद्ध विहार, गुम्बा, चैत्य लगायत बौद्ध धार्मिक स्थलहरु लगायत विभिन्न जार्तीहरुले आ–आफ्ना गुम्बाहरुमा हर्सोउल्लासका साथ आज जयन्ती मनाइदैछ ।
यस्तै आजका दिन नेपालमा मात्र हैन बुद्ध धर्म मान्ने सबै राष्ट्रहरुले समेत बुद्धजयन्ती मनाउने परम्परा रहेको छ । छिमेकी देशहरु चीन, भारत, श्रीलंका, भूटान, माल्दिपस त्यसैगरी जापान, थाइलेण्ड, अमेरिका, कोरिया, भियतनाम, लाओस, सिंगापुर, बेलायत, लगायत विश्वका देशहरुमा बुद्धलाई भगवानको रुपमा मान्ने गरिएको छ ।
नेपाल लगायत विश्वमा रहेका बौद्ध धर्मावलम्बीहरुले बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण अर्थात् निधन वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाल लगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् ।
यस अवसरमा गौतमबुद्धको जन्मस्थल लुम्बिनी, काठमाडौंको स्वयम्भू, बौद्धलगायत स्थलमा लाखौंको उपस्थितिमा विविध कार्यक्रम आयोजना गरि मनाइदैछ ।
इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६८ वर्षअघि रुपन्देहीको .लुम्बिनी उद्यानमा पिता राजा शुद्धोधन र माता मायादेवीको सन्तानको रुपमा वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको थियो । राजकुमारका रुपमा जन्म लिएका सिद्धार्थ गौतम मानिसले पाएका अनेकौं दुःख देखेर चिन्तित भई २९ वर्षको उमेरमा दरबार छोडी तपस्याका लागि निस्किएको बताइन्छ ।
बुद्धजयन्तीको अवसरमा बेलुकी घरमा दीपावली गरेर बुद्ध जयन्ती मनाउन सरकारले सबैलाई आह्वान गरेको छ । आज बुद्ध जयन्ती र किरातीहरुको उभौली पर्व एकै दिन परेको छ । सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;