माङसेबुङ ६ मा पाँच दिने आधारभूत उद्घोषण तालिम सुरु

,   लिम्बुवान न्युज
                       

दमक, झापा । इलामको माङसेबुङ गाउँपालिकामा पाँच दिने आधारभूत उद्घोषण तालिम सुरु भएको छ ।

वडास्तरीय महिला समन्वय समितिको आयोजनामा मंगलबार देखि माङसेबुङ ६, चिसोपानी स्थित बाँझो स्वास्थ्य कार्यालयको सभाहलमा उक्त तालिम सुुरु भएको हो ।

माङसेबुङ गाउँपालिका वडा नं. ६ को आर्थिक सहयोगमा आयोजना गरिएको तालिममा वडाका १८ जना महिलाहरुको सहभागिता रहेको समितिका सचिव निर्मला राईले बताईन् ।

वडास्तरीय महिला समन्वय समिति वडा नं. ६ को आयोजनामा महिला क्षमता विकास कार्यक्रम अन्तर्गत उद्घोषण तालिमको आयोजना गरिएको समितिका अध्यक्ष कल्पना वानु राईले बताईन् ।

वडास्तरीय महिला समन्वय समितिका अध्यक्ष कल्पना वानु राईको अध्यक्षतामा तथा माङसेबुङ गाउँपालिका ६ का वडाध्यक्ष प्रदिप साङपाङको प्रमुख आतिथ्यता भएको कार्यक्रममा पालिकाका प्रवक्ता सुसन राई, कार्यपालिका सदस्य पुनम राई, सुचना तथा प्रविधि अधिकृत ओमप्रकाश खड्का, महिला तथा बालबालिका शाखा प्रमुख लता चालिसे, वडासचिव चिरञ्जीवी खत्री, वडासदस्यद्वय खगेन्द्र खड्का, दिवस राई, सहजकर्ता देशराज नेम्बाङ लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा समितिका कोषाध्यक्ष कविता राईको स्वागत मन्तव्य रहेको थियो भने सञ्चालन सचिव निर्मला राईले गरेकी थिईन् ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;