स्रष्टा पब्लिकेसनले ल्यायो “सपनाहरुको बही”

,   लिम्बुवान न्युज
                       


दमक, जेष्ठ १२/ शुक्रबार झापाको दमकमा पूर्वेली साहित्यकारहरुको बाक्लो उपस्थितिमा साहित्यकार अभागी थेगुवाको कविता सङग्रह ‘सपनाहरुको बही’ को लोकार्पण भएको छ ।
झापाको दमक स्थित गोर्खा किचनको सभाहलमा स्रष्टा पब्लिकेसनद्वारा प्रकाशित साहित्यकार थेगुवाको कविता सङग्रह ‘सपनाहरुको बही’को लोकार्पण गरिएको हो ।
बरिष्ठ साहित्यकार केशव आचार्यको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा प्राज्ञद्वय मुनाराज सेर्मा, सुमित्रा वाङ्देल चेली, वरिष्ठ गीतकार शिव शंकर थापामगर, सामाजिक अगुवा बालचन्द्र सुब्बा, वरिष्ठ पत्रकार चन्द्र भण्डारी, साहित्यकार हेम अधिकारी, हस्त परियार, कवि कृष्ण बराल लगायतको उपस्थिति रहेको थियो भने संयुक्त रूपमा उक्त कृतिको लोकार्पण गरिएको थियो ।

कार्यक्रमको शुभारम्भमा स्रष्टा पब्लिकेसनको समेत विधिवत रूपमा उद्वघाटन गरिएको थियो । उद्घाटनसँगै पब्लिकेसनले पहिलो कृतिको रुपमा “सपनाहरुको बही” ल्याएको हो ।
त्यसपश्चात लोकार्पण गरिएको कृतिबारे कवि प्रकाश बुढाथोकी, प्रकाश थाम्सुहाङ र लीला अनमोलले बोलेका थिए ।
कार्यक्रममा कृतिकार थेगुवाले आफ्नो कृति बारे विषयवस्तु प्रकाश पार्दै एउटा कविता वाचन गरेका थिए ।
थेगुवाको उक्त कृतिमा लामा र छोटा गरी ५१ वटा कविता संग्रहित छन् भने थप पाँच वटा कोरोना कालका कवितालाई संग्रहमा समावेश गरिएको छ । करिव तीन दशकदेखि निरन्तर साहित्य लेखनमा क्रियाशील उनका बुद्धले अश्त्र कविताकृति (२०५८) र हर्के, म अनि युद्ध गजलकाव्य (२०६७) प्रकाशित छन् । उनको यो तेस्रो कृति हो ।

कार्यक्रम स्रष्टा पब्लिकेसनका अध्यक्ष कवि सुन्दर कुरुपको अध्यक्षतामा सम्पन्न भएको थियो । स्वागत मन्तव्य स्रष्टा पब्लिकेसन कोषाध्यक्ष याम थुलुङले राखेका थिए भने संचालन कवि राजकुमार सुब्बा ‘अनिश्चित’ले गरेका थिए ।
दमकमा स्थापना भएको स्रष्टा पब्लिकेसनले पहिलो प्रकाशनका रूपमा थेगुवाको कृति लोकार्पित गरिएको कोषाध्यक्ष थुलुङ्ले बताए । पब्लिकेशनले चाडै नै अन्य साहित्यकारहरुको कृतिहरु पनि यसरी नै प्रकाशन गर्दै जाने प्रतिबद्धता समेत थुलुङ्ले गरेका छन् ।

 

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;