स्रष्टा पब्लिकेसनले ल्यायो “सपनाहरुको बही”

 लिम्बुवान न्युज
                       


दमक, जेष्ठ १२/ शुक्रबार झापाको दमकमा पूर्वेली साहित्यकारहरुको बाक्लो उपस्थितिमा साहित्यकार अभागी थेगुवाको कविता सङग्रह ‘सपनाहरुको बही’ को लोकार्पण भएको छ ।
झापाको दमक स्थित गोर्खा किचनको सभाहलमा स्रष्टा पब्लिकेसनद्वारा प्रकाशित साहित्यकार थेगुवाको कविता सङग्रह ‘सपनाहरुको बही’को लोकार्पण गरिएको हो ।
बरिष्ठ साहित्यकार केशव आचार्यको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा प्राज्ञद्वय मुनाराज सेर्मा, सुमित्रा वाङ्देल चेली, वरिष्ठ गीतकार शिव शंकर थापामगर, सामाजिक अगुवा बालचन्द्र सुब्बा, वरिष्ठ पत्रकार चन्द्र भण्डारी, साहित्यकार हेम अधिकारी, हस्त परियार, कवि कृष्ण बराल लगायतको उपस्थिति रहेको थियो भने संयुक्त रूपमा उक्त कृतिको लोकार्पण गरिएको थियो ।

कार्यक्रमको शुभारम्भमा स्रष्टा पब्लिकेसनको समेत विधिवत रूपमा उद्वघाटन गरिएको थियो । उद्घाटनसँगै पब्लिकेसनले पहिलो कृतिको रुपमा “सपनाहरुको बही” ल्याएको हो ।
त्यसपश्चात लोकार्पण गरिएको कृतिबारे कवि प्रकाश बुढाथोकी, प्रकाश थाम्सुहाङ र लीला अनमोलले बोलेका थिए ।
कार्यक्रममा कृतिकार थेगुवाले आफ्नो कृति बारे विषयवस्तु प्रकाश पार्दै एउटा कविता वाचन गरेका थिए ।
थेगुवाको उक्त कृतिमा लामा र छोटा गरी ५१ वटा कविता संग्रहित छन् भने थप पाँच वटा कोरोना कालका कवितालाई संग्रहमा समावेश गरिएको छ । करिव तीन दशकदेखि निरन्तर साहित्य लेखनमा क्रियाशील उनका बुद्धले अश्त्र कविताकृति (२०५८) र हर्के, म अनि युद्ध गजलकाव्य (२०६७) प्रकाशित छन् । उनको यो तेस्रो कृति हो ।

कार्यक्रम स्रष्टा पब्लिकेसनका अध्यक्ष कवि सुन्दर कुरुपको अध्यक्षतामा सम्पन्न भएको थियो । स्वागत मन्तव्य स्रष्टा पब्लिकेसन कोषाध्यक्ष याम थुलुङले राखेका थिए भने संचालन कवि राजकुमार सुब्बा ‘अनिश्चित’ले गरेका थिए ।
दमकमा स्थापना भएको स्रष्टा पब्लिकेसनले पहिलो प्रकाशनका रूपमा थेगुवाको कृति लोकार्पित गरिएको कोषाध्यक्ष थुलुङ्ले बताए । पब्लिकेशनले चाडै नै अन्य साहित्यकारहरुको कृतिहरु पनि यसरी नै प्रकाशन गर्दै जाने प्रतिबद्धता समेत थुलुङ्ले गरेका छन् ।

 

सम्बन्धित समाचार

रवि सेर्माकाे सेमिफुङ चलचित्रकाे टिजर सार्वजनिक

दमक, २ चैत्र । रनवीर लिम्बू सेर्मा(रवि सेर्मा)को निर्देशन रहेको वहुप्रतिक्षित लिम्बू संस्कृतिमा आधारित चलचित्र ‘सेमिफूङ’को टिजर सार्वजनिक गरिएको छ । शुक्रबार याक्थुङ फिल्म्सको अफिसियल युट्यूव च्यानलबाट लिम्बू कथानक चलचित्र ‘सेमिफूङ’को टिजर सार्वजनिक गरिएको हो...

लिम्बुवानखबरका सम्पादक चोङबाङ् बैबाहिक बन्धनमा बाँधिए

दमक, २९ फाल्गुन । झापाको दमकबाट विगत पाँच बर्षदेखि निरन्तर अपडेट रहेको लिम्बुवानखबर डटकम न्यूजपोर्टलका सम्पादक तेह्रथुम फेदापका विष्णुकुमार लिम्बु "सेसेहाङ" बैबाहिक वन्धनमा बाँधिएका छन् । विहीबार (आज)  दश लिम्बुवान सत्रथुमको रीतिथिति अनुसार तेह्रथुम जिल्ला...

आदिवासी लिम्बु कथामा रहेकाे चलचित्र ‘चे’ काे दमकमा विशेष प्रदर्शनी

दमक, २६ फाल्गुन । दमकमा लिम्बू भाषिक चलचित्र ‘चे’ अर्थात ‘लास’को विशेष प्रर्दशनी गरिएको छ । माङ्गेन्ना पब्लिकेशन एण्ड मिडिया प्रा.लि. र लिम्बू भाषा साहित्य प्रतिष्ठान दमकले संयुक्त रूपमा चलचित्रको प्रर्दशन गरेको हो । दमकस्थित...

माइतीघरमा फुङलिङ काण्ड विरूद्ध प्रदर्शन

ललितपुर, २२ फाल्गुन ।  मुक्कुमलुङमा केवलकार निर्माण खारेजी पक्षधरले मुक्कुमलुङ रक्षार्थ र राज्यको मानवता बिरोधि ‘फुङलीङ काण्ड’ विरुद्ध काठमाडौंमा बृहत् प्रदर्शन गरेका छन् । बुधबार मुक्कुमलुङ ताङसेःप चुम्भाे र मुक्कुमलुङ संरक्षण अन्तरदलीय संयुक्त संघर्ष समितिले...