जेठ २३ देखि चौथो आदिवासी चलचित्र महोत्सव हुने

 लिम्बुवान न्युज
                       


ललितपुर, १३ जेठ । आदिवासी जनजाति चलचित्र महासंघको आयोजनामा यहि जेठ २३ गतेदेखि काठमाडौंमा चौथो आदिवासी चलचित्र महोत्सव आयोजना हुने भएको छ ।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै कोरोनाका कारण २०७६ सालदेखि हुन नसकेको महोत्सव आगामी जेठ २३, २४ र २५ गते तीन दिनआयोजना गर्न लागिएको महासंघले जनाएको हो ।

महोत्सवमा आदिवासी जनजाति मातृभाषी चलचित्र, वृत्तचित्र र छोटा चलचित्र प्रदर्शन गरिने आयोजकले जनाएको छ । महोत्सवमा सहभागिता जनाउने चलचित्रलाई विभिन्न ८ विधामा अवार्ड तथा पुरस्कार प्रदान गर्ने महासंघका अध्यक्ष पुर्खाजित राईले पत्रकार सम्मेलनमा जानकारी दिएको छन् ।

जसअनुसार उत्कृष्ट चलचित्रलाई नगर २० हजार रुपैयाँ, उत्कृष्ट बृत्तचित्रलाई १० हजार र उत्कृष्ट सर्ट फिल्मलाई १० हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिने महासंघका अध्यक्ष राईले बताए ।

नेपालको विभिन्न जातीय सांस्कृतिक, परम्परा र प्राकृतिक क्षेत्रको पर्यटन विकास गर्दै मुलुकको अर्थतन्त्रमा ठुलो टेवा पु¥याउने विश्वासका साथ आदिवासी चलचित्र महोत्सवको आयोजना गर्न लागिएको संघले जनाएको छ ।

सम्बन्धित समाचार

फोनिजको ८औं संघीय महाधिवेशन लुम्बिनीमा हुँदै

ललितपुर, २७ चैत्र । नेपाल आदिवासी जनजाति पत्रकारको छाता संगठन फोनिजको ८औं संघीय महाधिवेशन चैत २९ र ३० गते लुम्बिनीस्थित बौद्ध विश्वविद्यालयमा आयोजना हुने भएको छ । महाधिवेशन गौतम बुद्धको जन्मस्थल लुम्बिनीको धार्मिक, सांस्कृतिक तथा...

पान्थरका असल तुम्राेक विजेता बन्दै नगद ५ लाख राशी जित्न सफल

दमक, चैत्र २५ । झापाकाे दमकमा सम्पन्न भएकाे  याक्थुङ फक्ताङलुङ आइडल सेक्फूङ–३ को विजेता पान्थरका प्रतिभा असल तुम्रोक  बनेका छन् । उनले नगद पाँच लाख राशी पुरस्कार हात पारेका छन् । याक्थुङ साम्लो प्रतिभाहरुको खोजी...

चुलाचुलीमा अन्तरपालिका अध्यक्षकप फूटबल हुने

दमक, २५ चैत्र । इलामको चुलाचुली गाउँपालिकाले अन्तरपालिकास्तरीय अध्यक्षकप पुरुष नकआउट फूटबल प्रतियोगिता सञ्चालन गर्नेभएको छ । “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नारालाई जीवन्त पार्दै युवा तथा खेलकुद समन्वय समितिले नयाँ बर्षको अवसरमा...

चैत्र २५ देखिको अनिश्चितकालिन यातायात बन्दको कार्यक्रम स्थगन

ललितपुर, २३ चैत्र । मुक्कुमलुङ ताङसेःप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तरदलीय संघर्ष समितिले चैत २५ गते देखि गर्ने भनिएको अनिश्चितकालीन यातायात बन्द स्थगन भएको जनाएको छ । प्रदेश १ को एशियन हाईवेबाट उत्तरी खण्ड, मेचि...