जेठ २३ देखि चौथो आदिवासी चलचित्र महोत्सव हुने

,   लिम्बुवान न्युज
                       


ललितपुर, १३ जेठ । आदिवासी जनजाति चलचित्र महासंघको आयोजनामा यहि जेठ २३ गतेदेखि काठमाडौंमा चौथो आदिवासी चलचित्र महोत्सव आयोजना हुने भएको छ ।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै कोरोनाका कारण २०७६ सालदेखि हुन नसकेको महोत्सव आगामी जेठ २३, २४ र २५ गते तीन दिनआयोजना गर्न लागिएको महासंघले जनाएको हो ।

महोत्सवमा आदिवासी जनजाति मातृभाषी चलचित्र, वृत्तचित्र र छोटा चलचित्र प्रदर्शन गरिने आयोजकले जनाएको छ । महोत्सवमा सहभागिता जनाउने चलचित्रलाई विभिन्न ८ विधामा अवार्ड तथा पुरस्कार प्रदान गर्ने महासंघका अध्यक्ष पुर्खाजित राईले पत्रकार सम्मेलनमा जानकारी दिएको छन् ।

जसअनुसार उत्कृष्ट चलचित्रलाई नगर २० हजार रुपैयाँ, उत्कृष्ट बृत्तचित्रलाई १० हजार र उत्कृष्ट सर्ट फिल्मलाई १० हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिने महासंघका अध्यक्ष राईले बताए ।

नेपालको विभिन्न जातीय सांस्कृतिक, परम्परा र प्राकृतिक क्षेत्रको पर्यटन विकास गर्दै मुलुकको अर्थतन्त्रमा ठुलो टेवा पु¥याउने विश्वासका साथ आदिवासी चलचित्र महोत्सवको आयोजना गर्न लागिएको संघले जनाएको छ ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;