मञ्चका अध्यक्ष कुमार लिङदेन मातृ शोकमा

,   लिम्बुवान न्युज
                       


दमक, १५ जेठ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङदेन मिराक मातृ शोकमा परेका छन् ।
मोरङको विरानगरस्थित विराट नर्सिङ् होममा उपचारको क्रममा आज विहान ७ बजेर ४५ मिनेटमा आमा गणेश कुमारी लावती लिम्बुको निधन भएपछि अध्यक्ष लिङदेन मातृशोकमा परेका हुन् ।

पाँचथरको लिम्बास्थित लुम्बाङदिनमा बिक्रम सम्बत २००१ सालमा जन्मनु भएकी लावतीको ८० बर्षको उमेरमा निधन भएको हो । उनी मानबहादुर लावतीका छोरी हुन् ।
मोरङको साविक टाँडी हाल मिक्लाजुङमा हरि लिङ्देनसँग विवाह बन्धनमा बाँधिएकी उनका दुई छोराहरु छन् । अध्यक्ष लिङ्देन र अर्का एक जना छोरा चन्द्र लिङ्देन रहेका छन् ।

पहिचान र लिम्बुवान आन्दोलनमा लामो समय देखि लागिरहेका लिङदेनको आमाको असामयिक निधनले पहिचानवादीहरुलाई ठूलो क्षति पुगेको छ । सामाजिक संजालमा पहिचानवादी विभिन्न संघ संस्थाका प्रमुखहरुले अध्यक्ष लिङदेनप्रति सहानुभूति प्रकट गर्दै श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् ।

मृतकको पार्थिव शरीरलाई भोलि जेठ १६ गते पाँचथरको मिक्लाजुङ ६ लिम्बास्थित लुम्बाङदिनमा पु¥याई अन्त्येष्टी गरिने मञ्चका महिला नेत्री दिलु लिङदेनले जनाएकी छिन् ।

मञ्चका अध्यक्ष लिङदेनको आमाको दुःख निधन प्रति लिम्बुवान खबर डटकम परिवार हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;