उत्थान संघ जिल्ला शाखा तेह्रथुमको निर्माणाधिन भवनकाे ७० प्रतिसत काम सम्पन्न

 लिम्बुवान न्युज
                       

  • बिष्णुकुमार चाेङबाङ (सेसेहाङ)

तेह्रथुम, १६ जेठ । हाम्रो मुन्धुम तेह्रथुम तेह्रथुमको म्याङलुङ नगरपालिका वाड नं. १ मा रहेको येग्गेडाडामा किरात धर्म तथा साहित्य उत्था संघ जिल्ला शाखा तेह्रथुमको भवन ७० प्रतिसतले काम सम्पन्न भएको छ ।

सघन शहरी तथा भवन निर्माण आयोजना अन्र्तरगत २०८०/०८१ सालको योजनामा ५० लाखको १७ प्रतिशतको बिलोमा माठमाण्डौमा रहेको के एस वाई निर्माण एन्ड सप्लायर्स कम्पनीले ठेक्का पारेको थियो ।

ठेक्का पाए लगातै २०८० साल चैत्र १४ गतेबाट काम सुरू गरेको योजनालाई २०८१ सालको असार १५ गते सम्मनमा काम सम्पन्न गर्ने गरी कामलाई तीब्र रुपले अगाडी बढीरहेको के एस वाई निर्माण एन्ड सप्लायर्स कम्पनीका प्रोजेक्ट म्यानेजर सुबाश बाबुु मगरले बताउनुभयो । हाल सम्ममा उक्त भवनको काम ७० प्रतिशतले सम्मन्न भएको छ । बाकी ३० प्रतिशत भवनको काममा मेसीनरी वाल,प्लास्टर र रङ रोकनको काम मात्र रहेको छ । सो कामलाई २०८१ साल असार १५ भित्रमा सम्मन्न हुने गरी काम धमाधम सन्चालन भईरहेको कम्पनीका प्रोजेक्ट मेनेजर सुबाश बाबुु मगरले बताउनुभयो ।

१९८५ सालमा राष्ट्रिय बिभूती महागुरु फाल्गुन्द लिङदेनले सात दिन सात राती होमादी गर्नुभएको पबित्र ठाउमा उक्त भवन बन्न लागेको किरात धर्म तथा साहित्य उत्था संघ जिल्ला शाखा तेह्रथुमको साहित्यीक समितीको अध्यक्षय साम थाम्देन थाङबेनले बताउनुभयो । भवन नहुदा उत्थान संघले बैठक बस्न र बिभिन्न कार्यक्रमहरु संन्चालन गर्न समस्या भएको किरात धर्म तथा साहित्य उत्था संघ जिल्ला शाखा तेह्रथुमका कोषाअध्यक्ष रेबत सावादेनले बताउनुभयो ।

भवन निर्मारणका लागी शहरी बिकास मन्त्रालयबाट ५० लाख रकम बिनियोजीत भएपछि भवनको काम धमाधम भईरहेको किरात धर्म तथा साहित्य उत्था संघ जिल्ला शाखा तेह्रथुमका अध्यक्ष राजकुमार तेयुङले बताउनुभयो । भवन सम्पन्नभए पछि किरात धर्म तथा साहित्य उत्था संघ जिल्ला शाखा तेह्रथुमले बिभिन्न कार्यक्रम तथा बैठक सन्चालमा सहजता हुने समितीले जनाएको छ ।

 

सम्बन्धित समाचार

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...