महेशकुमार श्रेष्ठ एनआरएनए एकता महाधिवेशनबाट अध्यक्षमा निर्वाचित

 लिम्बुवान न्युज
                       


ललितपुर, २१ वैशाख । गैर आवासीय नेपाली संघ एनआरएनएको एकता महाधिवेशन काठमाडौंमा सम्पन्न भएको छ । आइतबार हायात होटेलमा सम्पन्न महाधिवेशनले महेशकुमार श्रेष्ठको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गर्दै अधिवेशन सम्पन्न भएको हो ।
एनआरएनए उच्चस्तरीय समितिले आयोजना गरेको एकता महाधिवेशनमा अध्यक्षसहित सबै पदमा सर्वसम्मत कार्यसमिति चयन भएको प्रमुख निर्वाचन आयुक्त वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले जानकारी दिएका छन् ।
महाधिवेशनले श्रेष्ठको अध्यक्षतामा नयाँ समितिको उपाध्यक्षहरूमा सुनिल कुमार साह, बुद्धि सागर सुवेदी, खगेन्द्र न्यौपाने, लोकप्रसाद दाहाल, मनोज कुमार श्रेष्ठ (गोर्खाली), विश्वास दीप लिम्बु (तिगेला), जुनु गुरुङ (महिला) छन्।
महासचिवमा बाबुराम (बीआर) लामा, सचिवहरूमा चिन्तामणि सापकोटा, टङ्कप्रसाद गैरे, तिलक प्रसाद गैरे, सचिव (महिला) देवकी खत्री गुरुङ, कोषाध्यक्ष ठाकुर प्रसाद ढुङ्गाना, सहकोषाध्यक्ष कृष्णप्रसाद पोखरेल, महिला संयोजक रश्मि थापा र युवा संयोजक भीमसेन थापा छन् ।
त्यसैगरी एसिया प्रशान्त क्षेत्रीय संयोजक डा. बलराम श्रेष्ठ, युरोप क्षेत्रीय संयोजक प्रेमबहादुर गुरुङ, मध्यपूर्व क्षेत्रीय संयोजक रमेश श्रेष्ठ, उत्तर दक्षिण अमेरिका क्षेत्रीय संयोजक डिलुराम पराजुली, ओसेनिया क्षेत्रीय संयोजक– इर्सद अहमद छन् ।
यस्तैगरी क्षेत्रीय उप संयोजकहरूमा एसिया प्रशान्त क्षेत्रीय उपसंयोजक माधव पोखरेल र मीमबहादुर पुर्जा, मध्यपूर्व क्षेत्रीय उप संयोजकहरू सुनिल कुमार घिमिरे र श्रीकृष्ण भट्टराई उत्तर दक्षिण अमेरिका क्षेत्रीय उपसंयोजकहरू विश्वराज बास्तोला र नरबहादुर टण्डन क्षेत्री, ओसियाना क्षेत्रीय उपसंयोजकहरूमा रामप्रसाद कँडेल र प्रताप राना रहेका छन् ।
निर्वाचन समितिले महाधिवेशन स्थलमा आइतबार नै एक समारोह आयोजना गरी शपथग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रम गर्ने जनाएको छ ।

विश्वासदिप तिगेला उपाध्यक्षमा निर्वाचित

बेलायती सेनामा भर्ती भई लामो समय कार्यगरी भाषा, साहित्य तथा समाजसेवाको अग्रणी भागमा रहेर काम गर्ने विश्वासदिप तिगेला एनआरएनएको आइतबार सम्पन्न एकताको महाधविशेनबाट उपाध्यक्ष पदमा निर्विरोध चयन भएका छन् ।
तिगेला प्रवासमा रहेर पनि नेपालको संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना  र पहिचानको आन्दोलनलाई शसक्त रुपमा उठाउन विगत देखि निरन्तर प्रवासमा रहेर सक्रिय रहेका छन् ।

सम्बन्धित समाचार

विर्तामाेडमा प्रतिबन्धित औषधीसहित एकजना पक्राउ

दमक, २ साउन । झापाको बिर्तामोड नगरपालिका-५ स्थित एक औषधी पसलबाट ठुलो परिमाणमा भण्डारण गरी राखेको प्रतिवन्धित औषधी सहित अर्जुनधारा नगरपालिका ६ का २५ बर्षीय बिनोद घिमिरेलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । बिर्तामोड-५ स्थित  मनकुमार...

प्रथम ध्रुवतारा फूटसल प्रतियाेगिता हुँदै

दमक, २ साउन । झापाको दमकमा प्रथम ध्रुवतारा फुटसल प्रतियोगिता-२०८२ हुने भएको छ । आजबाट हुने साे प्रतियाेगिता भाेली  ३ गते सम्म संचालन हुनेछ ।  दुई दिनसम्म हुने साे प्रतियोगिता दमक ५ गोर्खाली टोलमा रहेको विष्ट फुटसलको कोर्टमा सञ्चालन हुने आयाेजकले जनाएकाे छ । ध्रुवतारा स्पोर्टिङ क्लब दमकको आयोजनामा हुने साे प्रतियोगितामा सहभागी टिमले  इन्ट्रि फि ६ हजार रुपैयाँ रहेको खेल संयोजक सन्दिप तामाङले बताए । उनका अनुसार यस प्रतियोगितामा प्रतिस्पर्धी टिमले ए डिभिजन खेलाडीहरु एक जना मात्र सहभागी गराउन सक्ने नियम रहेको छ । प्रतियोगिताको विजेताले नगद ७० हजार रुपैयाँ सहित ट्रफि र मेडल हात पार्ने छ भने उपविजेता टिमले नगद ३५ हजार रुपैयाँ सहित ट्रफि र  मेडलमा चित्त बुझाउनु पर्ने छ ।

प्रदेश नं. १ नामकरण बहसले लियो नयाँ मोड– अशाेक चेम्जाेङ्

दमक, ३२ असार । प्रदेश नं. १ को नाम कोशी नामाकरणसँगै प्रदेशका पहिचान पक्षधरहरु एकजुट भएर नाम खारेजी आन्दोलनमा लडेकाहरु यतिवेला नामको विषयमा पुनः आरोप प्रत्यारोपमा उत्रिएका छन् । सामाजिक संजालमा पहिचानवादी एकता अभियानको एक...

सरकारले प्रतिनिधिसभामा दुइतिहाइ गुमायाेः राष्ट्रिय सभामा अल्पमत

ललितपुर, ३२ असार ।  जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले सरकारलाइ दिएकाे समर्थन फिर्ता लिएकाे जनाएकाे छ । सत्ता साझेदार दल जसपा, नेपालले भूमि विधेयकको अन्तर्वस्तुप्रति असहमति जनाउँदै बुधबार बसेको संसदीय दल बैठकले सरकारलाइ दिएकाे समर्थन फिर्ता ...