प्रदीप मादेन ‘नानी’को संयोजकत्वमा ताप्लेजुङ जिल्ला संयुक्त पहिचानवादी मोर्चा गठन

,   लिम्बुवान न्युज
                       


ललितपुर, २१ वैशाख । ताप्लेजुङ जिल्ला संयुक्त पहिचानवादी मोर्चा गठन भएको छ । आइतबार फुङलिङ बजारमा आयोजित एक कार्यक्रममा प्रदीप मादेन ‘नानी’को संयोजकत्वमा ४७ सदस्यीय मोर्चा गठन गरिएको हो ।

उक्त कार्यक्रमले समितिको सह–संयोजकहरुमा इन्द्र थलङ, श्री लिङखिम, पूर्ण पालुङ्वा, अशोक मादे र डम्बर लाबुङ चयन भएका छन् भने सदस्य सचिवमा धनकुमार येङदेन, प्रवक्तामा सरोज कङलिवा, सहसचिवमा चतुरमती थाङदेन र आर्थिक विभाग प्रमुखमा कमला पालुङ्वालाई जिम्मेवारी दिइएको छ ।

त्यस्तै सदस्यहरुः अमर अन्छङबो, रमेश मादेन, हर्क गुरुङ, सुरेस आवाजुङ, लोकेन्द्र तुम्बाहाम्फे, दिपेस मादेन, नरकुमारी नाल्बो, बिपना दाहाल, चन्द्रकला बोखिम, सुरेन्द्र तवेबुङ, केदार ताप्मादेन, रबिन पतङवा, डिल्लीहाङ साँबा, लालबहादुर सुब्बा, आइत माबोहाङ, ललित येङदेन, छत्र लेछर्बो, नाराङ फुरुम्बु, यामकुमार आङबुहाङ, भरतसिंह ताप्मादेन, काजी येङदेन, बलबहादुर येङदेन, नरकुमारी येङदेन, दलबहादुर मादेन, पुर्ण पालुङवा, अशोक बिक, सुशीला लाबुङ, रनहाङ एभेङ, हरि वनेम, शिवकला लिवाङ, असिम सेन्दाङ, लक्ष्मी केदेम (मुक्कुमलुङ), योगेन साम्रा, मानबहादुर माङयुङ, किशोर लिम्बू, जहरमान खेवाङ र राजकुमारी सेनेहाङ पालुङवा रहेको जनाइएको छ ।
सो कार्यक्रमबाट सल्लाहकारहरुमा मोती पालुङवा, कर्णबहादुर पालुङवा, खड्ग गुरुङ, रत्न नुगो, मोती तुम्बाहाम्फे, कृतिमान मादेन, अशिम पालुङवा, चन्द्र मादेन र हर्क तुम्बाहाम्फेलाई नियुक्त गरेको छ ।

कार्यक्रम मोर्चाका संयोजक डकेन्द्रसिंह थेगिम, ज्ञानबहादुर गुरुङ, भक्त खेवाङ, अशिम पालुङवा, चन्द्र मादेन, मा. राजकुमार नाल्बो, एलबी पालुङवा, बिराज आङदेम्बे, कृतिमान मादेन, इन्दिरा धौराली, भरत गुरुङ र मोति पालुङवा आदिको उपस्थिति रहेकोे थियो ।

सो कार्यक्रममा गत फागुन १० गते नो केबलकार संघर्षको क्रममा राज्यले अपराधिक शैलीमा निर्मम र अमानवीय दमन गरिएका घाइते तथा “फुङलिङ काण्ड”मा जबर्जस्ती बिनाकसुर २७ दिन कस्टडीमा थुनिएका १८ जना र ९ जना पक्राउपुर्जी जारी गरिएका योद्धाहरुलाई सम्मान गरिएको थियो ।

मुक्कुमलुङ संघर्षका क्रममा घाइते योद्धाहरु अशिम पालुङवा, चन्द्र मादेन, धर्मान पालुङवा, हरि येङदेन, सम्मर येङदेनलाई “ताप्लेजुङ युके समाज” ले विशेष आर्थिक सहयोगमा सम्मान गरिएको हो । त्यसैगरी फुरुम्बो पालुङ्वा बंश प्रतिस्ठान र पहिचानवादी मोर्चा ताप्लेजुङ काठमाडौं सम्पर्क समितिले घाइतेहरुलाई आर्थिक सहयोग समेत घाइतेहरुलाई प्रदान गरेको छ ।

साथै २७ दिनसम्म प्रहरी कस्टडीमा रहँदा सबै खालको सहयोग गरेर महत्त्वपूर्ण भुमिका खेल्नु हुने पहिचानवादी नेता कृतिमान मादेन, नरकुमारी नाल्बो, चतुरमती थाङदेन, शिवकला लिबाङ आदिलाई कार्यक्रमबाट विशेष सम्मान गरिएको डम्बर लाबुङ्ले लिम्बुवानखबरलाई बताए ।

बिरेन तबेबुङको संयोजकत्वमा ताप्लेजुङ जिल्ला संयुक्त पहिचानवादी युवा मोर्चा गठन

यसैगरी सो अवसरमा बिरेन तबेबुङको संयोजकत्वमा संयुक्त पहिचानवादी युवा मोर्चा ताप्लेजुङ जिल्ला समिति गठन गरिएको छ । समितिको सहसंयोजकत्वमा जनम इधिङगो रहेका छन् ।

त्यस्तै सदस्यहरुमा सन्तोष पतङवा, लक्ष्मी केदेम (मुक्कुमलुङ), सुमन लिम्बू, धर्मान पालुङवा, सुर्य गुरुङ, प्रकाश तबेबुङ, नवीन फुरुम्बो, जगत फुरुम्बो, सरगम शेर्पा, लीला पालुङवा, समर येङदेन, मनकुमार मादेन र तेज मादेन रहेको युवा मोर्चाका संयोजक विराज आङदेम्बेले लिम्बुवान खबरलाई बताउनु भयो ।

 

सम्बन्धित समाचार

लिम्बू भाषाको लघु चलचित्र ‘तङ्सिङ्’लाई बेलायतमा सर्वोत्कृष्ट अवार्ड

काठमाडौँ, २० असाेज । लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ले बेलायतमा सम्पन्न ‘दोस्रो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’मा सर्वोत्कृष्ट लघु चलचित्र (Best Short Movie) को अवार्ड प्राप्त गरेको छ। गत २७ सेप्टेम्बर २०२६ मा...

लिम्बू र मैथिलीलाई सरकारी कामकाजको भाषा बनाउने तयारी

विराटनगर, १९ असाेज । १ नम्बर प्रदेश (कोशी) सरकारले प्रदेशभित्र लिम्बू र मैथिली भाषालाई सरकारी कामकाजको भाषाका रूपमा मान्यता दिने तयारी अघि बढाएको छ। भाषा आयोगको सिफारिस तथा निर्देशनअनुसार प्रदेश सरकारले यी दुई भाषालाई आधिकारिक...

चन्द्रकुमार लिम्बूको स्वरमा देशभक्तिपूर्ण गीत ‘मेरो देश मुस्कुराउँछ’ सार्वजनिक

दमक, झापा । वरिष्ठ गायक तथा संगीतकार चन्द्रकुमार लिम्बूको नयाँ देशभक्तिपूर्ण नेपाली गीत 'मेरो देश मुस्कुराउँछ' सार्वजनिक भएको छ। सिगु चन्द्र लिम्बु Official YouTube Channel मार्फत श्रोता तथा दर्शकमाझ ल्याइएको उक्त गीतले राष्ट्रप्रेम र स्वदेशको...

दमक भेट्रान कप: अध्यक्ष गजु देवानद्वारा प्रथम पुरस्कारको १ लाख रूपैयाँ क्लबलाई हस्तान्तरण

दमक, १७ असोज । दमकमा जारी 'प्रथम प्रदेश १ (कोशी) जिल्लास्तरीय भेट्रान च्यालेन्ज कप'को प्रथम पुरस्कार रकम क्लबका अध्यक्ष गजेन्द्र देवान (गजु) ले स्पोन्सर गर्दै क्लबलाई हस्तान्तरण गरेका छन्। दमक-६ स्थित मायाज क्याफेका सञ्चालक समेत...

;