कम्मरमुनी नचल्ने हाङगामलाई हङकङबाट ४० हजार सहयोग प्राप्त
बुधबार, १९ जेठ, २०७८ दिउँसोको ०३:४५ बजे,
लिम्बुवान न्युज
शिवसताक्षी। झापाको शिवताक्षी १० मा विगत ४ बर्ष देखि शरीरको कम्मरदेखि मुनी नचल्ने भई जीवनमरणको दोसाधमा बाँचिरहेको अमिर हाङगाम लिम्बुलाई हङकङबाट आर्थिक सहयोग प्राप्त भएको छ । हङकङमा लामो समयदेखि बसोबास गर्नुहुने माया राई लिम्बुको पहलबाट संकलित हङकङ डलर २९३० को नेपाली ४० हजार ६२५ रुपैयाँ प्रदान गरिएको हो ।
ताप्लेजुङमा जन्मिएका बिरामी लिम्बुले रोजगारीको शिलशिलामा मलेशियामा ८ बर्ष बसेर घर फर्कने क्रममा विरामी भएपछि अस्पतालमा चेकजाँच गर्दा नसा सुक्ने रोग ट्रान्सफर माइर्लाटिज नामक रोगले शरीरको कम्मरमुनीको कुनै पनि अङ्ग नचल्ने रोग लागेपछि आजभन्दा ४ बर्ष अघि सन् २०१६ मा नेपाल आएको बताए ।
उपचारको क्रममा हालसम्म १५ लाख रुपैयाँ खर्च भइसकेको विरामी लिम्बुले बताए । भएको घर जग्गा समेत सकिएको हुँदा अहिले उपचार गर्ने क्रममा अप्ठारो परेको उनले भने । विराटनगरको विभिन्न अस्पताल र काठमाडौंमा समेत उपचारको क्रममा पुगेका लिम्बुको बेलाबेला घाउँ बल्झिने र रगत बग्ने समस्याले सताउने बताए । नसा पुरै सुकेको हुँदा रोग पूर्णरुपमा निको हुन नसकेपनि फिजियोथेरापी लगायतको उपाचार पाए अलि सहज हुन्छ भन्ने लागेको विरामी लिम्बुले बताए ।
विरामी लिम्बुले हालसम्म सरकारबाट कुनै सहयोग नपाएको गुनासो गरेका छन् । स्थानीय जनप्रतिनिधि मार्फत सहयोगको अपेक्षा राखेका लिम्बुले यो कोरोना महामारीपनि कहिकतैबाट राहात नपाएको बताएका छन् ।
दमकमा विगत १० बर्ष देखि व्यवसाय गरेर बसेका समाजसेवी व्यवसायी भवानी थेगिमको हातबाट सो रकम बुधबार विरामी लिम्बुलाई हस्तान्तरण गरिएको छ ।
ललितपुर/पछिल्लो समय दर्शक स्रोताहरुको मनमा बस्न सफल उम्दा गायक केहेर सिंह लिम्बू र सुमधुर आवाजकी धनी गायिका गंगा फियाकको आवाजमा सजिएको विल्कुलै नयाँ गित ‘भेटै भयो वैसमा सार्वजनिक गरिएको छ । यासेली योङहाङको शव्द तथा...
काठमाडाैं, २१ असाेज । जेनजी आन्दोलनकारीले पक्राउ गर्न दिएकाे जाहेरी बुझेर जिल्ला प्रहरी परिसर काठमाडौँले थप अनुसन्धानका लागि पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगमा पठाएको छ । सुदन गुरुङलगातको सक्रियतामा मंगलबार जेनजी समूहले जेनजी...
दमक, १९ असाेज । तमोर कोरिडोरअन्तर्गत यहाँको कुम्मायक गाउँपालिका–३ कात्तिकेमा भएको बोलेरो दुर्घटनामा छ जनाकाे ज्यान गएकाे छ । ज्यान गुमाउने छ जनाको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय पान्थरले जनाएकाे छ भने दुर्घटनामा छ जना...
दमक, १९ असाेज । दुइ दिनदेखिकाे परेकाे भीषण वर्षाले निम्त्याएको पहिरोले प्रदेश १ काे इलाम जिल्लामा ठूलो मानवीय क्षति भएको छ। आइतबार विहानसम्मकाे विवरण अनुसार पहिरोले कम्तीमा २८ जनाको ज्यान लिइसकेकाे प्रहरीले जनाएको छ। प्रदेश...