दमक। पछिल्लो २४ घण्टामा कोरोना संक्रमण ६ हजार ६५३ जनामा थप पुष्टि भएको छ । आज पीसीआरमाध्यमबाट २० हजार ८१३ जनाको परीक्षण गर्दा ४६२४ जना र एन्टिजेन विधिबाट २ हजार २९ जनामा संक्रमण पुष्टि भएको हो ।
यसैगरी आज ८ हजार ६६३ जना संक्रमण मुक्त भएका छन् । हालसम्म नेपालमा ४ लाख ७६ हजार १३० जना निको भएका छन् । नेपालमा निको हुने दर ८१.९ प्रतिशत रहेको छ ।
नेपालमा कूल संक्रमितको संख्या ५ लाख ८१ हजार ५६० पुगेको छ भने हाल सक्रिय संक्रमितको संख्या ९७ हजार ६९९ रहेको छ । सक्रिय संक्रमितमध्ये ९० हजार ८९२ जना होम आइसोलेसनमा, ६ हजार ८०९ जना संस्थागत आइसोलेसनमा रहेका छन् भने १ हजार ४२२ जना आईसीयू तथा ४०४ जना भेन्टिलेटरमा रहेको रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
आज कोभिड–१९ को संक्रमणबाट थप १०१ जनाले मृत्यु भएको छ । योसँगै नेपालमा जम्मा ७ हजार ७३१ जनाको कोरोना भाइरसबाट मृत्यु भइसकेको तथ्याङ्क रहेको मन्त्रालयले जनाएको छ ।