कोरिया सरकारद्वारा स्वास्थ्य सामाग्री सहयोग

 लिम्बुवान न्युज
                       

काठमाडौं । कोरियाली सरकारले नेपाललाई कोरोना महामारी नियन्त्रणका लागि स्वास्थ्य सामग्री सहयोग गरेको छ । अन्तर्राष्ट्रिय विकास साझेदार संस्था कोइका मार्फत कोरियाले दुई लाख अमेरिकी डलर बराबारको कोरोना परीक्षण किट सहयोग गरेको हो ।

नेपालस्थित दक्षिण कोरियाली राजदूत पार्क छङसुकले शुक्रबार उक्त रकम बराबरको किट नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ तथा स्वास्थ्य समन्वय विभाग प्रमुख डा. रोशन पोखरेललाई त्रिभूवन अन्र्तराट्रिय विमानस्थलमा हस्तान्तरण गरेका हुन् । उक्त किटबाट १७ हजार ७६० जनाको पीसीआर परीक्षण गर्न सकिने जनाइएको छ ।

उक्तसामग्री हस्तान्तरण गर्दै नेपालका लागि दक्षिण कोरियाली राजदूत छङसुकले सहयोगले कोरोनाको दोस्रो लहर नियन्त्रणका लागि परीक्षणमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् ।

हस्तान्तरणकार्यक्रममा अन्तर्राष्ट्रिय विकास साझेदार नियोग कोइका नेपाल प्रमुख खो सङहुनले नेपालको महामारी नियन्त्रणका लागि कोइकामार्फत नेपाल सरकारलाई निरन्तर सहयोग गर्ने बताएका छन् । आगामी अगष्टसम्ममा अन्तर्राष्ट्रिय विकास साझेदार नियोग कोइका मार्फत ३७८ थान अक्सिजन कन्सन्ट्रेटर उपलव्ध गराउने प्रक्रिया अगाडि बढाएको जनाउँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गर्ने योजना रहेको समेत जनाएको छ ।

सम्बन्धित समाचार

दमकको मदनडाँगी–ताराबारी–डिपु सडकको उद्घाटन

दमक, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन् । आइतबार (आज) एक कार्यक्रमका बीच प्रम ओलीले विश्व बैंकको सहयोग एंव नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको...

हस्ताक्षर संकलनमा प्रहरीकाे हस्तक्षेप

दमक, २९ असार । झापाकोे दमकमा प्रधानमन्त्री केपी ओली आएको वेलामा राष्ट्रिय स्वतन्त्र पार्टीले हस्ताक्षर संकलन गरेको भन्दै प्रहरीले हस्तक्षेप गरेको छ । दमकस्थित क्याम्पस माेडमा हस्ताक्षर संकलन गरिरहेका रास्वपाका कार्यकर्तालाई प्रहरीले हस्तक्षेप गरेको हो...

ज्ञानेन्द्र कुरुम्बाङ किरात माङ्सेसे हाङ्साम माङहिमकाे अध्यक्षमा निर्वाचित

ललितपुर, उपत्यका ब्यूराे ।  ललितपुरकाे महालक्ष्मी नगरपालिकास्थित किरात माङ्सेसे हाङ्साम माङहिम सञ्चालक समितिको चौथो अधिवेशन  सम्पन्न भएकाे छ । शंखदेवी लुभुमा अवस्थित माङहिमकाे अध्यक्षमा ज्ञानेन्द्र कुरुम्बाङ निर्वाचित भएका छन् भने  १३ सदस्यीय समिति निर्वाचित  भएका...

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...