कोरोनाले जनगणना अभियान प्रभावित, साउन १५ देखि शुरु गर्ने मन्त्रीपरिषदमा प्रस्ताव पेश गर्दै विभाग

 लिम्बुवान न्युज
                       

काठमाडौं । कोरोना महामारीका कारण हरेक १० बर्षमा गरिदै आएको राष्ट्रिय जनगणना यस वर्ष प्रभावित भएको छ । विगतमा झै जेठबाट सुरु भएर असार ८ गतेसम्ममा सम्पन्न गर्नुपर्ने जनगणना कोरोना भाइरसको महामारीका कारण सुरु हुन नसकेको हो ।

हरेक १० बर्षमा एकपटक मिति तोकेर गरिने जनगणना तोकिएको समयमा नसकिएको यो इतिहासकै पहिलो घटना रहेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ । नेपालमा मात्र नभएर विश्वका ५ दर्जनभन्दा धेरै मुलुकमा कोरोना महामारीका कारण जनगणना स्थगित भएको समाचार बाहिर आएको विभाजले जनाएको छ ।

यस कोरोना महामारीका बिचपनि यो आर्थिक बर्षमा सम्पन्न गर्न नसकिएको अवस्थामा आर्थिक बर्ष ०७८÷०७९ को बजेट व्यवस्थापन गरेर साउनदेखि असोजसम्ममा जनगणना सम्पन्न गर्ने तयारी गरेको तथ्याकं विभागले जनाएको छ । यस अघि तालिम दिएका सुपरीवेक्षकहरुलाई पनि रिफ्रेसमेन्ट तालिम दिनुपर्ने भएको हुँदा थप समय लाग्ने विभागले भनेको छ । विभागले १५ साउनदेखि १५ असोजसम्म जनगणना गर्ने प्रस्ताव असार पहिलो साता मन्त्रिपरिषमा लैजाने समेत तयारी रहेको जनाएको छ ।

सातवटै प्रदेश र ७७ वटै जिल्लामा कार्यालय स्थापना गरेर ८ हजार सुपरीवेक्षक र ३९ हजार गणक समेत छनोट गरिसकेको विभागले जिल्ला तथा स्थानीय तहमा हुने तालिमका लागि केन्द्र र प्रशिक्षण सामग्री समेत तयार पारेर जिल्लामा पठाइसकेको थियो ।

नेपालमा वि.सं. १९६८ सालदेखि हरेक १०–१० वर्षमा हुँदै आएको जनगणनाको यो १२ औं पटकको जनगणना कार्यक्रम हो ।

सम्बन्धित समाचार

मुक्कुमलुङ परिसरमा वृक्षारोपण – एक सत्याग्रह

पूर्वी नेपालको ताप्लेजुङ जिल्ला स्थित मुक्कुमलुङ क्षेत्र, जसलाई किरात मुन्धुमी परम्परामा अत्यन्त पवित्र स्थल मानिन्छ, अहिले केवलकार निर्माणको नाममा बन फडानीको चपेटामा परेको छ। यही विरुद्धमा, असार १ गते, हजारौँ नागरिकले सामूहिक वृक्षारोपण कार्यक्रमको आयोजना...

दमकको मदनडाँगी–ताराबारी–डिपु सडकको उद्घाटन

दमक, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन् । आइतबार (आज) एक कार्यक्रमका बीच प्रम ओलीले विश्व बैंकको सहयोग एंव नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको...

हस्ताक्षर संकलनमा प्रहरीकाे हस्तक्षेप

दमक, २९ असार । झापाकोे दमकमा प्रधानमन्त्री केपी ओली आएको वेलामा राष्ट्रिय स्वतन्त्र पार्टीले हस्ताक्षर संकलन गरेको भन्दै प्रहरीले हस्तक्षेप गरेको छ । दमकस्थित क्याम्पस माेडमा हस्ताक्षर संकलन गरिरहेका रास्वपाका कार्यकर्तालाई प्रहरीले हस्तक्षेप गरेको हो...

ज्ञानेन्द्र कुरुम्बाङ किरात माङ्सेसे हाङ्साम माङहिमकाे अध्यक्षमा निर्वाचित

ललितपुर, उपत्यका ब्यूराे ।  ललितपुरकाे महालक्ष्मी नगरपालिकास्थित किरात माङ्सेसे हाङ्साम माङहिम सञ्चालक समितिको चौथो अधिवेशन  सम्पन्न भएकाे छ । शंखदेवी लुभुमा अवस्थित माङहिमकाे अध्यक्षमा ज्ञानेन्द्र कुरुम्बाङ निर्वाचित भएका छन् भने  १३ सदस्यीय समिति निर्वाचित  भएका...