मेची नगरपालिकालाई राजवंशी समाजको ध्यानाकर्षण

 लिम्बुवान न्युज
                       

दमक/ मेची नगरपालिकाले एकलौटी ढंगबाट सम्बन्धि पक्षहरूसंग छलफल र संवाद नगरी मेचे जातीलाई नगरको प्रथम जाती घोषणा गर्न लागेको भन्दै राजवंशी समाज विकास समितिले आपत्ति जनाएको छ । मेचीनगरपालिकाले आठौं नगरसभामा प्रस्तुत आर्थिक वर्ष २०७८/७९ को बजेट, नीति तथा कार्यक्रम मार्फत मेचे जातिलाई सम्मानसहित प्रथम जाती घोषणा गर्ने निर्णय गरेकोमा समाजले आपत्ति जनाएको हो ।

राजवंशी समाज विकास समितिका जिल्ला अध्यक्ष दिनेश्वर प्रसाद राजवंशी, मेची नगर अध्यक्ष दिनेश राजवंशी, केन्द्रीय सल्लाकार पानीलाल राजवंशी, जिल्ला सचिव मुनिलाल राजवंशीलगायतले निर्णय सच्चाउनु पर्ने भन्दै नगर प्रमुख विमल आचार्यलाई आज ध्यानाकर्षण पत्र बुझाएका छन् । वास्तविक प्रथम जाति हुने ऐेतिहासिक ठोस प्रमाणहरू के– के हुन् ? ती प्रमाण जुटाएर कार्यदल बनाई सम्बन्धि पक्षको पनि सहभागीतामा प्रथम जाती घोषणा गर्न समाजले माग गरेको छ ।

मेचीनगरपालिकाको साविक गाविसका नामहरू नकलबन्दा, काकरभिट्टा, धुलाबारी, ज्यामिरगढी, दुहागढी त्यसैगरी कायाँटुली, तेलीवारी, हेद्लुवारी, गोलबारी, गजाबारी, मदनबारी, बमबारी, भाङ्गालाबारी लगायतका धेरै स्थानिय गाउँहरूको नामहरू राजवंशी भाषामा रहेको पुरानो प्रमाणहरू भएको राजवंशी समाज विकास समितिका जिल्ला सचिव मुनिलाल राजवंशीले बताए । ऐतिहासिक जातिय प्रमाणका आधारमा मेचीनगरपालिकामा राजवंशी जातिको बलियो उपस्थिति रहेको हुदाँ नगरपालिकाले राजवंशी जातिलाई नगरको प्रथम जातिको रूपमा घोषणा गर्नु पर्ने सचिव मुनिलालले बताए ।

झापा, मोरङ्ग र सुनसरीमा आदिमकालदेखि बसोबास गर्दै आएको भुमीपुत्रको रूपमा रहेको राजवंशी जातीहरूको आफ्नै मौलिक भाषा, संस्कृति, रहनसहन र भेषभुषा रहेको भन्दै समाजले नगरप्रमुख आचार्यलाई बुझाएको ध्यानाकर्षण पत्रमा उल्लेख गरेको छ ।
नगरले प्रथम जाति घोषणा गर्दा ऐेतिहासिक प्रमाणका आधारमा प्रथम जाति घोषणा गर्न समाजले नगरपालिकासंग माग गरेको हो ।

‘यस नगरको आदीवासीमध्ये मेचे जातिको भाषा र संस्कृतिलाई पनि उतिकै सम्मान गर्दछौ’ समाजले ध्यानाकर्षण पत्रमा भनेको छ । समाजले राजवंशी जातीलाई प्रथम जाती घोषणा नगरे वा वेवास्ता गरे चरणबद्व आन्दोलन गर्न बाध्य हुने ध्यानाकर्षण पत्रमा उल्लेख गरेको छ । (तस्वीरःकोचिला न्यूज)

सम्बन्धित समाचार

दमकको मदनडाँगी–ताराबारी–डिपु सडकको उद्घाटन

दमक, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन् । आइतबार (आज) एक कार्यक्रमका बीच प्रम ओलीले विश्व बैंकको सहयोग एंव नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको...

हस्ताक्षर संकलनमा प्रहरीकाे हस्तक्षेप

दमक, २९ असार । झापाकोे दमकमा प्रधानमन्त्री केपी ओली आएको वेलामा राष्ट्रिय स्वतन्त्र पार्टीले हस्ताक्षर संकलन गरेको भन्दै प्रहरीले हस्तक्षेप गरेको छ । दमकस्थित क्याम्पस माेडमा हस्ताक्षर संकलन गरिरहेका रास्वपाका कार्यकर्तालाई प्रहरीले हस्तक्षेप गरेको हो...

ज्ञानेन्द्र कुरुम्बाङ किरात माङ्सेसे हाङ्साम माङहिमकाे अध्यक्षमा निर्वाचित

ललितपुर, उपत्यका ब्यूराे ।  ललितपुरकाे महालक्ष्मी नगरपालिकास्थित किरात माङ्सेसे हाङ्साम माङहिम सञ्चालक समितिको चौथो अधिवेशन  सम्पन्न भएकाे छ । शंखदेवी लुभुमा अवस्थित माङहिमकाे अध्यक्षमा ज्ञानेन्द्र कुरुम्बाङ निर्वाचित भएका छन् भने  १३ सदस्यीय समिति निर्वाचित  भएका...

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...