मोटरसाइकल चोरीमा संलग्न ८ जनालाई पक्राउ गरि सार्वजनिक

 लिम्बुवान न्युज
                       


दमक, १९ जेठ । झापामा मोटरसाइकल चोरीमा संलग्न ८ जनाको एक गिरोहलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरुमा दुई जना नाबालकसमेत रहेका छन् ।
इलाका प्रहरी कार्यालय विर्तामोडमा पत्रकार सम्मेलन मार्फत उनीहरुलाई सार्वजनिक गरिएको हो । मोटरसाइकल चोरीमा संलग्न बिर्तामोड–५ बस्ने १८ वर्षिय करण मण्डल, वडा न. ३ बस्ने १९ वर्षिय कुमार राजवंशी, अर्जुनधारा– ८ बस्ने १८ वर्षिय समिर मियाँ, आहिल ग्यारेजका संचालक सप्तरी, टिकुली –५ बस्ने १७ वर्षिय करण महमद, गौरीगञ्ज– ५ बस्ने १८ वर्षिय ओमप्रकाश यादव, इलाम, चुलाचुली बस्ने १८ वर्षिय राहुल श्रेष्ठ तथा १४ र १५ वर्षका दुईजना नाबालक रहेका छन् ।
बिर्तामोड क्षेत्रमा विगत केही महिनादेखि विभिन्न मिति र समयमा मोटरसाइकल चोरीको घटना बढ्दै गएपछि जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय बिर्तामोडको संयुक्त टोलीले सुक्ष्म रुपमा खोजतलास शुरु गरेको थियो ।
त्यसक्रममा जेठ १८ गते अर्जुनधारा–८ कदमगाछीस्थित अशोक विहारीको घर र अर्जुनधारा –१० स्थित बिमल हुमागाईको घर सटरमा ग्यारेज संचालन गर्ने सप्तरी, टिकुली –५ घर भएका करण महमदको मोटरसाइकल ग्यारेजबाट ६ वटा मोटरसाइकल बरामद भएको थियो ।
त्यस्तै झापाका विभिन्न स्थानबाट ५ र इलामबाट एउटा गरी थप ६ वटासमेत गरी जम्मा १२ वटा चोरीको मोटरसाइकलसमेत बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी बसन्त पाठकले बताए ।
बरामद गरिएका मोटरसाइकलहरुमा प्र.१–०१–०१४प ९३१९, मे ६ प ७६३९, प्र.१–०१–०१२ प २७५, नम्बर प्लेट नटाँसेको एउटा, मे ७ प ७६४३, मे १ प ७९४, मे ६ प ६४५१, मे ११ प ५२३७, मे प ७६३९, मे ९ प ७३४६, मे ५ प ७१५०, मे४ प ४०६२ रहेका छन् ।
कार्यक्रममा बोल्दै डिएसपी पाठकले मोटरसाइकल चोरीमा संलग्न अरु पनि समूह हुनसक्ने भन्दै खोजीका लागि प्रहरीले सक्रियता बढाएको बताए । दुईदिन अघिमात्र दमक प्रहरीले चोरी गरेको चारवटा मोटरसाइकलसहित दुईजनालाई पक्राउ गरी सार्वजनिक गरेको थियो ।

सम्बन्धित समाचार

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...