दमकका १० वटै नगर स्वास्थ्य केन्द्रबाट ल्याब सेवा सञ्चालनको तयारी

 लिम्बुवान न्युज
                       

दमक/जेठ १९/ दमक नगरपालीकाका १० वटै नगर स्वास्थ्य केन्द्रबाट ल्याब सेवा सञ्चालनको तयारी भएको छ । आधारभुत स्वास्थ्य परिक्षणका लागी स्वास्थ्य केन्द्रबाटै नागरिकलाई सेवा प्रदान गर्ने उद्देश्यले ल्याब सञ्चालनको तयारी शुरू गरिएकाे हो ।

ल्याब सेवा सञ्चालनका लागी नगर उपप्रमुख रेगिना भट्टराई प्रसाईंले आज सबै स्वास्थ्य केन्द्रको अनुगमन गरेकी छिन् । अनुगमनका क्रममा कतिपय स्वास्थ्य केन्द्रमा ल्याब सञ्चालनका लागी प्राबिधिक जनशक्तिको आवस्यकता रहेको र कतिपयमा जनशक्ति सहित उपकरण पनि आवस्यक रहेको पाईएको नगर स्वास्थ्य शाखाका अधिकृत नगेन्द्र भट्टराईले जानकारी दिएका छन् ।

अनुगमनका क्रममा उपप्रमुख  भट्टराईले एक साता भित्रै ल्याब सेवा सञ्चालन गर्ने गरि तयारी थाल्न निर्देशन दिएकी छिन् ।
स्वास्थ्य केन्द्रमा ल्याब सेवा सञ्चालन भए पछि सुगर, जण्डीस, युरिन, स्टुल लगायतका परिक्षण गर्नसकिने दमक ३ मा रहेको नगर स्वास्थ्य केन्द्रका प्राबिधिक बिक्रम अधिकारीले बताए । यसबाट प्राथमिक परिक्षण गरी थप परिक्षण गर्नु परेमा दमक अस्पताल रेफर गरिने उनले बताए ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...