लिम्बुवान मञ्चले स्थानीय तह निर्वाचनका उम्मेदवारलाई गरयो सम्मान

 लिम्बुवान न्युज
                       

दमक, २३ जेठ । संघीय लिम्बुवान प्रान्तीय मञ्चले शुक्रबार दममा एक कार्यक्रम गर्दै स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेका नेताहरुलाई सम्मान गरेको छ । दमक ५ स्थित मारवाडी सेवा समितिको सभाहलमा आयोजित कार्यक्रममा उनीहरुलाई मञ्चले सम्मान गरेको हो ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका संघीय अध्यक्ष कुमार लिङ्देन मिराकको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा नौ जिल्लाबाट उम्मेदवारी दिएका उम्मेदवारहरु सहभागी भएका थिए । समीक्षा कार्यक्रम समेत आयोजना गरिएको उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि लिङदेनले पार्टीलाई संस्थागत गर्नलाई दिलो ज्यान दिएर चुनावमा सहभागी हुनुभएका सबै नेताहरुलाई आभार प्रकट गरेका छन् । उनले सम्मानित नेताहरुलाई पार्टीको तर्फबाट प्रमाणपत्र समेत वितरण गरेका थिए ।

मञ्चबाट ५५९ जनाले उम्मेदवारी दिएकाे थियाे साेमध्येबाट २ जना वडाध्यक्ष, २ जना कार्यपालिका सदस्य सहित १८ जना निर्वाचित भएका छन् ।

सम्मान तथा समीक्षा कार्यक्रममा मञ्चका बरिष्ठ उपाध्यक्ष ज्ञानबहादुर गुरुङ, उपाध्यक्ष तथा १ नं. प्रदेशका माननीय सामाजिक राज्य मन्त्री बिष्णु तुम्बाहाम्फे, एबी पंधाक, विष्णु यक्सो, महासचिव अशोक चेम्जोङ लगायत लिम्बुवान प्रान्तका पदाधिकारी साथै अन्य नेताहरुको समेत उपस्थिति रहेको थियो ।

कार्यक्रम प्रदेश १ समन्य समिति संयोजक तथा निर्वाचन परिचालन समिति ज्ञानबहादुर गुरुङको अध्यक्षता, प्रान्तीय उपाध्यक्ष तथा परिचालन समितिका सदस्य थाङसाङ लावतीको स्वागत मन्तव्य रहेको थियो भने संचालन प्रान्तीय महासचिव दिलकुमार लावतीको गरेका थिए ।

 

सम्बन्धित समाचार

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...