दमक नगरपालिकामा नेकपा माओवादीको १९ बुँदे माग

 लिम्बुवान न्युज
                       


दमक, २६ जेठ । नेकपा माओवादीले दमक नगरपालिकामा १९ बुँदे माग राख्दै ज्ञापनपत्र बुझाएको छ । दमकमा १ अर्व ५६ करोड बजेटमा निर्माणधीन भ्यू टावरलाई मेडिकल कलेज सहित प्रादेशिक अस्पताल बनाई संचालन गरिनु पर्ने समेत माग पत्रमा उल्लेख गरिएको छ ।
आज दमक नगरपालिकाका नवनिर्वाचित प्रमुख राम थापालाई माओवादी दमक नगर कमिटिले ज्ञापनपत्र बुझाउँदै सो माग गरिएको हो । मागपत्रमा झापाको दमकमा मात्र उठाइदै आएको सवारी पटके कर समेत हटाउने पर्ने उल्लेख गरेको छ । सो बुँदामा जिल्ला भर कँही नभएको सवारी कर हटाउँने भनि गठबन्धनको चुनाव अघिको घोषणा तत्काल कार्यान्वयनमा ल्याउन भनिएको छ ।

यस्तै ज्ञापनपत्रमा भूमिहीन तथा सुकुम्बासीको समस्या तत्काल समाधन गर्नु पर्ने, निःशुल्क खानेपानी वितरण र सरसफाई कर हटाउनु पर्ने, दमक ९ मा निर्माण भईरहेको सामुदायिक भवनलाई निर्माण पूर्व भएको सम्झौता अनुसार फाल्गुनन्द सामुदायिक भवन नामकरण गरिनु पर्ने लगायतका माग गरिएको माओवादीका नेता तिर्थराज बस्नेत शंकरले बताए ।
ज्ञापनपत्र बुझ्दै नवनिर्वाचित नगर प्रमुख थापाले आफूहरुले निर्वाचन अघि गरेका घोषणा र विपन्न नागरिकको हितमा हुने कार्य गर्न विनियिम र ऐनमा टेकेर हुनेसम्मको कार्य गर्ने जनाएका छन् । स्थानीय तह सरकारको अधिनमा रहेर सकेसम्म काम गर्नेमा जोड दिने बताए ।
दमक नगरपालिकामा प्रमुख, उपप्रमुख र ३ वटा वडाको अध्यक्षमा गठबन्धनको तर्फबाट राप्रपा र काँग्रेसले विजय प्राप्त गरेको छ भने बाँकी ७ वटा वडाको अध्यक्ष सहितको प्यानलमा एमालले विजय प्राप्त गरेको छ । दमक नगरमा प्रतिपक्षी दल एमालेको बहुमत रहेको छ ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...