दमक नगरले सिरिजात–जातिरी पर्वको अवसरमा दियो स्थानीय विदा

 लिम्बुवान न्युज
                       


दमक, २ असार । दमक नगरपालिकाले अघिल्लो स्थानीय सरकारले दमकको प्रथम जातीको रुपमा घोषणा गरेको धिमाल जातिको महान पर्व सिरिजात–जातिरिको अवसरमा स्थानीय विदा दिएको छ ।

मंगलबार दमक नगरले एक सुचना जारी गर्दै प्रथम नागरिक घोषणा गरिएका धिमालहरुको मौलिक सांस्कृतिक पर्वको अवसरमा स्थानीय विदा दिएको हो । सूचना अनुसार आज असार २ गते नगर भित्रका वडा कार्यालय, सम्पूर्ण सरकारी कार्यालयहरु, शैक्षिक संस्था लगायतका सबै कार्यालयहरुमा एक दिनका लागि स्थानीय विदा दिइएको उल्लेख छ ।


झापा, मोरङ र सुनसरीमा मात्र बसोबास रहेको प्रकृतिपूजक आदिवासी धिमालहरुले आज सिरिजात पर्वमा विभिन्न कार्यक्रम गरि मनाउने गर्छन् । आज तीन जिल्लाका विभिन्न स्थानहरुमा मौलिक पर्व मनाउने गरेका धिमालहरुले उर्लाबारी दशविघेमा धिमाल जाति विकास केन्द्रको आयोजनमा भव्य सांस्कृतिक कार्यक्रम गरि मनाउने जनाइएको छ ।

सूचना तल हेर्नुहोस्

सम्बन्धित समाचार

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...