दमक नगरले सिरिजात–जातिरी पर्वको अवसरमा दियो स्थानीय विदा

 लिम्बुवान न्युज
                       


दमक, २ असार । दमक नगरपालिकाले अघिल्लो स्थानीय सरकारले दमकको प्रथम जातीको रुपमा घोषणा गरेको धिमाल जातिको महान पर्व सिरिजात–जातिरिको अवसरमा स्थानीय विदा दिएको छ ।

मंगलबार दमक नगरले एक सुचना जारी गर्दै प्रथम नागरिक घोषणा गरिएका धिमालहरुको मौलिक सांस्कृतिक पर्वको अवसरमा स्थानीय विदा दिएको हो । सूचना अनुसार आज असार २ गते नगर भित्रका वडा कार्यालय, सम्पूर्ण सरकारी कार्यालयहरु, शैक्षिक संस्था लगायतका सबै कार्यालयहरुमा एक दिनका लागि स्थानीय विदा दिइएको उल्लेख छ ।


झापा, मोरङ र सुनसरीमा मात्र बसोबास रहेको प्रकृतिपूजक आदिवासी धिमालहरुले आज सिरिजात पर्वमा विभिन्न कार्यक्रम गरि मनाउने गर्छन् । आज तीन जिल्लाका विभिन्न स्थानहरुमा मौलिक पर्व मनाउने गरेका धिमालहरुले उर्लाबारी दशविघेमा धिमाल जाति विकास केन्द्रको आयोजनमा भव्य सांस्कृतिक कार्यक्रम गरि मनाउने जनाइएको छ ।

सूचना तल हेर्नुहोस्

सम्बन्धित समाचार

दमकमा पहिचानको सवालमा याक्थुङ युवाहरूको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

दमक । झापाको दमकमा पहिचानको सवालमा याक्थुङ युवाहरूको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम तथा २०८१ सालको पात्रो विमोचन कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार झापाको दमकमा अवस्थित किरात भवनमा पहिचान र अस्तित्व वचाऔं, सम्पुर्ण याक्थुङ युवाहरु...

पहिचानवादी साझा स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बु (थेगिम)ले पाए चुनाव चिन्ह ‘मुढा’

दमक, २८ चैत्र । आगामी बैशाक १५ गते इलाम निर्वाचन क्षेत्र नं. २ मा हुने उपनिर्वाचनका लागि पहिचान पक्षधरका साझा स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले चुनाब चिन्ह हातले बुनेको ‘मुढा’ पाएका छन । मंगलबार निर्वाचन...

आजबाट निर्वाचन आचारसंहिता लागू

दमक, चैत्र २८ । आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि इलाम र बझाङमा जिल्लाभर निर्वाचन आचारसंहिता लागू भएको छ । इलाम जिल्लाको क्षेत्र नम्बर २ र बझाङ १ को प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर...

पहिचानवादीहरुको साझा उम्मेदवार डकेन्द्र सिंह लिम्बु (थेगीम) सहित २० जनाको उम्मेदवारी मनोनयन

इलाम, २५ चैत्र। १५ वैशाखमा इलाम–२ मा हुने उपनिर्वाचनका लागि पहिचानवादीहरुको साझा स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बु (थेगीम) सहित विभिन्न दल र स्वतन्त्र उम्मेदवार गरी २० जनाले मनोनयन दर्ता गराएका छन् । शनिबार इलामस्थित मुख्य...