दमक नगर स्काउटको दिक्षान्त कार्यक्रम सम्पन्नः नगरप्रमुख, उपप्रमुख लगायत दिक्षित

,   लिम्बुवान न्युज
                       


दमक/दमक नगर स्काउट तदर्थ समितिको संयोजनमा शनिबार दमक नगर प्रमुख, उपप्रमुख सहित बिद्यार्थीरुलाई दिक्षित गरिएको छ । नगर स्काउट संरक्षक नगर प्रमुख र नगर स्काउट प्रमुख उपप्रमुख पदेन रहने व्यवस्था भएकाले दमक नगर प्रमुख राम कुमार थापा र उपप्रमुख रेगिना भट्टराई प्रसाईं सहित नगर भित्रका स्काउट सञ्चालन रहेका बिद्यालयका ५ सय भन्दा धेरै बिद्यार्थीहरुलाई एकै साथ सपथ खुवाएर दिक्षित गरिएको हो ।
दमक नगर स्काउट संरक्षक नगर प्रमुख थापा र नगर स्काउट प्रमुख नगर उपप्रमुख भट्टराईलाई प्रदेश नम्बर १ का स्काउट तदर्थ समिति संयोजक रवि खनालले सपथ गराए ।
यसरी नै दमक नगर स्काउट सदस्य सचिव समेत रहेका नगरका शिक्षा अधिकृत दिनेश न्यौपानेलाई नगर स्काउट प्रमुख भट्टराईले सपथ गराइन भने दिक्षित बिद्यार्थीहरुलाई स्काउटकी राष्ट्रिय प्रशिक्षक सकुन्तला सुब्बाले सपथ गराएकी नेपाल स्काउट एक नम्बर प्रदेश समिति सदस्य राम पौडेलले जानकारी दिए ।
अनुशासित, स्वावलम्बी, नैतिकवान बालबालिका निर्माणका निमित्त एक विद्यालय एक स्काउट दलको नीति कार्यान्वयनका लागि दमक नगरका सबै बिद्यालयहरुमा स्काउट कार्यक्रम सञ्चालनको पहल भइरहेको स्काउट दमक नगर तदर्थ समिति संयोजक ओम आचार्यले जानकारी दिए ।

सम्बन्धित समाचार

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

लिम्बू भाषाको लघु चलचित्र ‘तङ्सिङ्’लाई बेलायतमा सर्वोत्कृष्ट अवार्ड

काठमाडौँ, २० असाेज । लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ले बेलायतमा सम्पन्न ‘दोस्रो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’मा सर्वोत्कृष्ट लघु चलचित्र (Best Short Movie) को अवार्ड प्राप्त गरेको छ। गत २७ सेप्टेम्बर २०२६ मा...

;