दमक नगर स्काउटको दिक्षान्त कार्यक्रम सम्पन्नः नगरप्रमुख, उपप्रमुख लगायत दिक्षित

 लिम्बुवान न्युज
                       


दमक/दमक नगर स्काउट तदर्थ समितिको संयोजनमा शनिबार दमक नगर प्रमुख, उपप्रमुख सहित बिद्यार्थीरुलाई दिक्षित गरिएको छ । नगर स्काउट संरक्षक नगर प्रमुख र नगर स्काउट प्रमुख उपप्रमुख पदेन रहने व्यवस्था भएकाले दमक नगर प्रमुख राम कुमार थापा र उपप्रमुख रेगिना भट्टराई प्रसाईं सहित नगर भित्रका स्काउट सञ्चालन रहेका बिद्यालयका ५ सय भन्दा धेरै बिद्यार्थीहरुलाई एकै साथ सपथ खुवाएर दिक्षित गरिएको हो ।
दमक नगर स्काउट संरक्षक नगर प्रमुख थापा र नगर स्काउट प्रमुख नगर उपप्रमुख भट्टराईलाई प्रदेश नम्बर १ का स्काउट तदर्थ समिति संयोजक रवि खनालले सपथ गराए ।
यसरी नै दमक नगर स्काउट सदस्य सचिव समेत रहेका नगरका शिक्षा अधिकृत दिनेश न्यौपानेलाई नगर स्काउट प्रमुख भट्टराईले सपथ गराइन भने दिक्षित बिद्यार्थीहरुलाई स्काउटकी राष्ट्रिय प्रशिक्षक सकुन्तला सुब्बाले सपथ गराएकी नेपाल स्काउट एक नम्बर प्रदेश समिति सदस्य राम पौडेलले जानकारी दिए ।
अनुशासित, स्वावलम्बी, नैतिकवान बालबालिका निर्माणका निमित्त एक विद्यालय एक स्काउट दलको नीति कार्यान्वयनका लागि दमक नगरका सबै बिद्यालयहरुमा स्काउट कार्यक्रम सञ्चालनको पहल भइरहेको स्काउट दमक नगर तदर्थ समिति संयोजक ओम आचार्यले जानकारी दिए ।

सम्बन्धित समाचार

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...

चर्चासँगै विवादमा रहेकाे ‘दमक भ्यू टावर’मा भ्रष्टाचार भएको स्थानीय पत्रकारले लगाए आराेप

दमक, २६ असार । झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा सङ्गठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरूले छानबिनको माग गरेका छन् । दमक ५ का स्थानीय तथा सञ्चारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू...

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...