भुटानी शरणार्थी मानवअधिकारवादी नेता डा. भम्पा राईको निधन

 लिम्बुवान न्युज
                       


दमक, ५ जेठ । भुटानी शरणार्थी मानवअधिकारवादी नेता डा.भम्पा राईको निधन भएको छ । ७५ वर्षीय डा. राईको आज बिहान दुई बजेर ४० मिनेटमा विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
लामो समय देखि पेट सम्बन्धी गम्भीर रोगबाट ग्रसित डा. राईको पाँच दिन अघि दमक लाइफलाइन अस्पतालमा हर्नियाको शल्यक्रिया गरेका थिए ।
शनिबार दिउँसो ३ बजेतिर मुटुको चाल कम भएपछि तत्काल दमकस्थित लाइफलाइन अस्पताल भर्ना गरिए पनि चिकित्सकहरुले त्यहाँबाट विराटनगर रिफर गरिएको थियो । उपचारकै क्रममा उनको बिहान निधन भएको राईकी भाञ्जी गौरी राईले पुष्टि गरिन् । उनलाई दमकका अर्का डा. बेदनिधी खतिवडाले शनिबार मध्यान्हमा विराटनगर नोवल अस्पताल पुराएका थिए ।
तीस वर्षदेखि भुटानी शरणार्थीको स्वदेश फिर्ती आन्दोलनको नेतृत्व गर्दै आएका डा. राई हाल दमकमा एक्लै बस्दै आएका थिए । दुई वर्षअघि पत्नी उर्मिलाको निधन भएपछि उनी दमकस्थित डेरामा एक्लै बस्दै आएका थिए ।
राईको पार्थिव शरीरको आइतबार नै किरात धर्मसंस्कारअनुसार झापाको कमल पाडाजुँगीस्थित रतुवामाई वृक्षारोपणको किरातसमाधी स्थलमा अत्येष्टि गरिने जनाइएको छ ।
२९ बर्ष दमक ८स्थित खगेन्द्र गुरागाईको घरमा डेरा बस्दै आएका डा. राईलाई हाल दमक नगरपालिकाले निःशुल्क व्यवस्था गरको आवास दमक ५स्थित खेम भण्डारीको घरको भुईतलाको किचन सहितको फ्ल्याटमा बस्दै आएका थिए ।

सम्बन्धित समाचार

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...