रतुवा खोलाको चर्तिकला शुरुः दमक ७ का १३ घर विस्थापित

 लिम्बुवान न्युज
                       


दमक, ६ असार । लगातार बर्षाका कारण रतुवा खोलामा आएको बाढीले १३ परिवार बिस्थापित भएका छन् । झापाको दमक ७ रेडक्रस पूर्व खोलाधारमा बसोबास गर्ने १३ परिवार विस्थापित भएका हुन् ।
रतुवा खोलामा निरन्तर आएको बाढीसंगै दमक ७ रेडक्रस पूर्व तीव्र कटान बनाएपछि १३ परिवार बिस्थापित भएको वडाध्यक्ष भिम पौडेलले बताए ।
बिस्थापित हुनेमा खड्ग लिम्बू, विष्णु लिम्बू , सुवास लिम्बू, रामकुमारी लावती , गोमा तामाङ, सूर्यमान आचार्य ,बिमल किस्कू, राजेश किस्कू, मनोज मास्के, भारती तामाङ, लाक्पा शेर्पा, डिकबहादुर गुरुङ र दिपक गुरुङ् रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । कटान परेका परिवारलाई गएरातिनै नेपाल प्रहरी र स्थानीयको सहयोगमा उद्धार गरी सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी बसन्त पाठकले बताए ।
यसैगरि सोही खोलामा बाढी आउदाँ गौरादह ६ स्थित टंगुवा बस्तीमा पनि करिब २५ घर डुबानमा परेका छन् । डुबानमा परेको खबर प्राप्त हुनासाथ प्रहरी टोली खटिगएको र बस्तीमा २ फिट जति पानी पसेको तर क्षति भने नभएको डिएसपी पाठकले बताए । असार लागेसँगै भारी बर्षा हुन पुग्दा रतुवा खोलाकाे चर्तिकला शुरू भएकाे छ साेसँगै किनारका बस्तीहरु जोखिममा पर्न थालेको हो ।

सम्बन्धित समाचार

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...